साना किसान विकास लघुवित्तले २६ प्रतिशत लाभांश दिने

Advertisement

काठमाडौं।  साना किसान विकास लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई २६ दशमलव ३१६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १ दशमलव ३१६ प्रतिशत नगद गरी २६ दशमलव ३१६ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको वितरण योग्य नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ । हाल साना किसानको चुक्ता पुँजी ६२ करोड ८८ लाख २७ हजार ९ सय २९ रुपैयाँ छ ।

कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि तथा नेपाल राष्ट्र बैङ्कको स्वीकृतीपछि मात्र लागू हुनेछ ।

Advertisement

Advertisement

Advertisement