यातायात विभागले डाटा इरर नघटाउँदा लाइसेन्स छपाईको काम सुस्त

Advertisement

काठमाडौं । यातायात व्यवस्था विभागबाट ट्रायल परिक्षा उत्तिर्ण गरी स्मार्ट लाइसेन्सको प्रतिक्षामा रहेका करिब छ लाख आवेदकले अझै लाइसेन्स हात पार्ने टुंगो लागिसकेको छैन । विभागले डाटामा आउने इरर घटाउन पहल नगर्दा छपाईको काम अत्यन्तै सुस्त भएकोले सर्वसाधारणले लाइसेन्स कहिले पाउने भन्ने टुंगो लाग्न नसकेको हो ।

कम्पनीले पाईपलाईनमा रहेका करिब छ लाख लाइसेन्स दुई महिनामा प्रिन्ट गरेर सक्नेगरी जिम्मा लिएको थियो । कम्पनीको प्रबन्ध निर्देशक सुरेन्द्र ढकालका अनुसार दैनिक १५ हजार ओटादेखि २० हजार ओटासम्म स्मार्ट लाइसेन्स छाप्ने भन्दै सम्झौता गरेकोमा हाल आठ हजार ओटामात्रै छाप्दै आएको छ ।

उनका अनुसार विभागले डाटामा अउने इरर घटाउन शून्य पहल गरेको छ । जसका कारण लक्ष्य अनुसार छपाईको काम हुन सकेको छैन । छपाईको कामले गति लिन नसक्दा कम्पनीको पनि लागत बढ्दै गएको उनले गुनासो गरे । डाटा इरर घटाउन विभागमा निवेदन दिँदा पनि सुनुवाई नभएको उनले बताए ।

तिहारअघि डाटामा आएको इरर घटाउन भारतबाट इन्जिनियर बोलाएर काम गरिएको थियो । त्यसबेला ९० प्रतिशत रहेको डाटा इरर ५० प्रतिशतमा झरेको थियो । तर, हाल पनि ५० प्रतिशत डाटा इरर आइरहेको उनले बताए ।

सोमबार र मंगलबार डाटा इन्ट्रिको काम गर्ने र बुधबारबाट दिउँसो र रातिको दुई सिफ्टमा छपाईको काम गर्ने जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement