घलेम्दीको साढे १५ लाख कित्ता आइपीओ स्वीकृत

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घलेम्दी हाइड्रोपावर कम्पनीको १५ लाख ५५ हजार सात सय ७० कित्ता आइपीओ निष्काशन गर्ने अनुमति दिएको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरेकामध्ये बिक्री हुन नसकेको चार लाख ५५ हजार सात सय ७० कित्ता सेयरसहित १५ करोड ५५ लाख ७७ हजार सात सय ७० कित्ता आइपीओ जारी गर्न अनुमति पाएको हो ।

कम्पनीले यसअघि गत असार २ गतेदेदि साउन २२ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि पाँच लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये ९४ हजार दुई सय ३० कित्ताका लागि मात्र आवेदन परेपछि चार लाख ५५ हजार सात सय ७० कित्ता सेयर बाँकि रहेको थियो ।

घलेम्दी हाइड्रोपावर कम्पनीको आइपीओलाई इक्रा नेपालले ग्रेड ४ प्रदान गरेको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक भिबोर क्यापिटल रहेको छ ।

Advertisement

Advertisement

Advertisement