डेब्यु गरेकै फिल्मबाट तालीको सट्टामा गाली पाइन अश्लेषाले

Advertisement

काठमाडौं । रिलिजको समयमानै मिश्रित प्रतिक्रिया पाएको फिल्म  प्रेम गीत २ दर्शकहरुले निकै साथ दिएको फिल्म हो ।   जुन फिल्मबाट अश्लेषा ठकुरीले नेपाली पर्दामा डेब्यु गरेकी थिईन् ।

जति चर्चा उनको रिलिज भन्दा अगाडी थियो त्यती चर्चा रिलिजपछि भने भएन । प्रदिपसंग फिल्म खेलेर पनि चर्चामा आउँन नसकेकी  अश्लेषालाई  अहिले  अभागी नायिकाको रुपमा हेर्न थालिएको छ ।

नेपालमा युट्युव टेण्डिङमा रहेको यस फिल्मलाई अहिलेसम्म ३९ लाख भन्दा बढिले हेरिसकेका छन् । युट्युवमा फिल्म हेरेपछि अधिकांशले प्रदिपको कामको प्रशंसा गरेका छन । यस प्रेम गीत २  मा  अश्लेषालाई दर्शकले मन नपराएको उनीहरुको प्रतिक्रियाबाट बुझ्न सकिन्छ।

फिल्मलाई पनि मिश्रित प्रतिक्रिया आएको छ तर बिडम्बना अश्लेषालाई भने दर्शकको गाली बर्सिएको छ । उनलाई दर्शकहरुले अधिकांश नेगेटिभ कमेण्ट गरेका छन् ।

हुन त अश्लेषा नवनायिका हुन केही न केही कमजोरी त हुन्छन् नै । दर्शकहरुले उनको नत सुन्दरता मन पराएका छन् नत अभिनय । धेरैले कमेण्टमा पुजा शर्माको अभाव खड्किएको बताएका छन् ।अभिषेश चापागाइँले कमेन्टमा लेखेका छन्, ‘हरे प्रभु १ हिरोइन हेर्दा झण्डै मरेको ।’

तपश्या खातीले हिरोइनको अभिनय हेरेर टाउको दुखेको बताएकी छिन् । अर्का युट्युब युजर सरोज न्यौपानेले अश्लेषाको अभिनय राम्रो नभएको लेखेका छन् । जुना गिरी पनि लेख्छिन्, ‘आई हेट हिरोइन भ्वाइस एण्ड एक्टिङ ।’ मेरी मामुपछि अश्लेषा कुनै निर्माता निर्देशकहरुको नजरमा पर्न सकेकी छैनन् ।

यस्तै अर्को प्रतिक्रिया दिएका छन् अर्भन पप डान्सर ‘के सोचेर ओअस्तो हिरोइनलाई फिल्ममा लिएको होला पुरै फिल्म नै बर्बाद पारिन' यस फिल्मलाई  प्रेम गीत ३ को तयारी सुरु हुँदा प्रेम गीत २ युट्युवमा रिलिज गरिएको हो । प्रेम गीत ३ मा पनि प्रदिप नै रहने लगभग पक्का भएको छ ।

Advertisement

Advertisement

Advertisement