जापानमा पुनः उडान सञ्चालन गर्ने तयारीमा नेपाल वायुसेवा निगम

Advertisement

काठमाडौं । जापानको ओसाका विमानस्थलमा नेपाल वायुसेवा निगमको उडान पुनः संचालन गर्नेबारे निगम र जापानी टोलीका पदाधिकारीबीच सोमबार छलफल भएको छ ।

दुवै पक्षबीच निकट भविश्यमा उडान सुरु गर्ने विषयमा छलफल भएको निगमले जनाएको छ । जापानी पक्षले उडान पुनः सञ्चालन गर्ने कुरामा आफूहरुको पूर्ण सहयोग रहने बताएको निगमको विज्ञप्तिमा जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement