सुनको मूल्य एक्कासी किन बढ्यो ?

Advertisement

काठमाडौं । साताको तेश्रो दिन मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ५७ हजार चार सयमा कारोबार भइरहेको सुनको मूल्य आज नौं सय रुपियाँले बढेर ५८ हजार तीन सयमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ४९ हजार नौं सय पचासि रुपियाँ कायम गरेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मुल्य बढ्नु र आन्तरिक बजारमा अमेरिकी डलरको मूल्य बढ्ने दोहोरो प्रभावका कारण सुनको मूल्यमा ठूलो वृद्धि आएको हो ।

हिजोसम्म अन्तराष्ट्रिय बजारमा प्रति औंश सुनको मूल्य १२ सय २० डलर रहेकोमा आज एक्कासी १५ डलरले बढेर १२ सय ३५ प्रति औंशका दरले कारोबार भइरहेको छ ।

त्यसैगरी नेपाली विनिमय बजारमा डलरको मूल्य हिजोको तुलनामा आज एक रुपियाँ ४३ पैसाले बढेर एक सय १३ रुपियाा ३ पैसा पुगेको छ ।

आज चाँदीको मूल्य पनि १० रुपियाँ प्रतितोलाले बढेको छ । सोमबार प्रतितोला सात सयमा कारोबार भइरहेको चाँदीको मूल्य आज प्रतितोला सात सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय नौं रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement