फेरी बढ्न थाल्यो डलरको मूल्य, आज एकैदिन ठूलो वृद्धि

Advertisement

काठमाडौं । विगत केही हप्तादेखि लगातार घटिरहेको अमेरिकी डलरको मूल्यमा मंगलबार एक्कासी ठूलो वृद्धि आएको छ । साताको तेश्रो दिन आज प्रति डलरको मूल्य एक रुपियाँ ४३ पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले आज प्रति डलरको मूल्य एक सय १३ रुपियाँ ३ पैसा निर्धारण गरेको छ । हिजो एक डलरको मूल्य एक सय ११ रुपियाँ ६५ पैसा निर्धारण भएको थियो ।

विगतमा लगातार रुपमा बढेर अक्टोबर १० तारिकका दिन अहिलेसम्मककै सबैभन्दा बढि एक सय १९ रुपियाँ ३३ पैसामा पुगेको डलरको मूल्य त्यसयाता घट्दै गएर एक सय एघार रुपियाँ ११ पैसासम्म झरेकोमा आज एक्कासी बढेको हो ।

अमेरिकी डलरसामु भारतीय मुद्रा कमजोर हुँदा त्यसको प्रभावले नेपाली मुद्रा पनि डलरसामु कमजोर भएको हो । नेपाली मुद्राको विनिमय दर भारतीय मुद्रासँग स्थीर राखिएकोले यस्तो भएको हो ।

आज डलरको मूल्य बढेको कारण सुनको मूल्यमा पनि वृद्धि आएको छ ।

Advertisement

Advertisement

Advertisement