‘ए’ डिभिजन लिगः एपीएफ विजयी, आजै हुने अर्को खेलमा संकटा र पुलिस भिड्दै

Advertisement

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको मंगलबारदेखि सुरु भएको छैटौं चरणको पहिलो खेलमा एपीएफ विजयी भएको छ । एन्फाको सातदोबाटोस्थित मैदानमा भएको खेलमा विभागीयि क्लब एपीएफले न्युरोड टिप (एनआरटी) लाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै एपीएफ ३ अंककासाथ अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । यता एनआरटीको भने योसहित लगातार पाचौं हार हो । एनआरटी जारी लिगमा एक खेलमा बराबरी बाहेक अन्य सबै खेलमा पराजय भोगेको छ ।

पहिलो हाफमा एक–एक गोलको बराबरी खेलेको एपीएफले दोस्रो हाफमा एक गोल गर्दै एनआरटीमाथि जित हात पारेको हो । पहिलो हाफको तेस्रो मिनेटमै युवराज खड्काको गोलमार्फत एपीएफले अग्रता लिएको थियो । खेलको १५ औं मिनेटमा एनआरटीका राजेश परियारले गोलगर्दै खेललाई बरबरीमा ल्याएका थिए ।

एनआरटीको गोलपछि पहिलो हाफमा कुनै गोल हुन सकेन । दोस्रो हाफमा एपीएफको गोल नै निर्णयक बन्न पुग्यो । मैदानको डी–बक्स भित्र एनआरटीका असिम गुरुङले एपीएफका युवराज खड्कालाई फल गरेपछि पेनाल्टीको अवसर सदुपयोग गर्दै एपीफका सिखरकारले निर्णयक गोल गर्न सफल भएको थिए ।

खेलको ७३ औं मिनेटमा उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । छैटौं चरणको खेलसम्म आइपुग्दा विभागीय टोली एपीएफको यो दोस्रो जित हो ।

त्यस्तै लिगको छैटौं चरणको खेल अन्तर्गत मंगलबार संकटा क्लब र नेपाल पुलिस क्लबबीचको खेल हुँदै छ । पुलिस क्लब तीन खेलमा जीत एकमा हार र एक खेलमा बराबरीखेल्दै १० अंककासाथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

उता संकटा क्लबभने लिगको पाँचौं चरणको खेल सकिँदासम्म चार खेलमा जीत र एक खेलमा हारव्यहोर्दै १२ अंककासाथ अंकतालिकाको चौथो स्थानमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement