बहुविवाह नगरे जेल जानुपर्ने

eritrea

एजेन्सी । संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल सजाय हुने गर्छ । अफ्रिकी मुलुक इरिट्रियामा दुई पत्नी हुनु अनिवार्य छ । एक पुरुषको दुई पत्नी नभएमा जेल सजाय समेत हुने कानूनी व्यवस्था रहेको छ ।

इरिट्रियामा महिलाको तुलनामा पुरुषको जनसंख्या ज्यादै नै कम भएका कारण यस्तो नियमलाई अनिवार्यता दिइएको हो । महिलाहरूले पनि बहुविवाहलाई समर्थन गर्नैपर्ने बाध्यतात्मक कानून बनाइएको छ । कुनै महिलाले पतिलाई दोस्रो विवाह गर्नमा रोक लगाए जन्मकैदसम्मको सजाय हुन सक्छ ।

nic-asia

संसारका महिला अधिकारीकर्मीहरूको विरोध हुँदाहुँदै पनि इरिट्रियामा एक वर्ष अगाडि उक्त कानून बनाइएको हो । यसबाट बहुविवाह गर्ने पुरुषहरूको संख्या बढेको छ ।