माठमाडौं । तीब्ररुपमा घट्दै आएको सेयर बजारमा मंगलबार केही सुधार आएको छ । सेयर बजार परिसुचक नेप्से आज दोहोरो अंक (१० दशमलव २७)ले बढेर एक हजार १४२ कायम भएको छ ।
नेप्सेमा सुधारसँग कारोबार पनि आज राम्रै भएको छ । आज ३८ करोड २६ लाख रुपियाँको सेयर किनबेच भएको छ । जसमा नेपाल बैंक एक्लैको ११ करोड ४२ लाख रुपियाँको सेयर किनबेच भएको छ । त्यसपछि धेरै किनबेच हुने ग्लोबल आइएमईको तीन करोड ३७ लाख रुपियाँ छ ।
आज होटल र व्यापारबाहेक बाँकी समूहका उपसुचकहरु उकालो लागेका छन्, जसमा बिकास बैंक र अन्य समूहको उपसुचकको वृद्धि दुई प्रतिशतभन्दा बढि छ । आज धेरै नाफा गर्नेमा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा महिला सहयात्रा माइक्रोफाइनसका लगानीकर्ता छन् ।