शाखा विस्तारमा 'एग्रेशिभ' बन्दै ज्योति विकास बैंक, एकैदिन चार नयाँ शाखा सञ्चालन

Advertisement

काठमाडौं।  ज्योति विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको भैरहवा, पडसरी र अमवामा तथा कपिलवस्तु जिल्लाको जीतपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

सिद्धार्थनगर नगरपालिका वडा नं ८, भैरहवामा रहेको नयाँ शाखाको औपचारिक रुपमा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर भैरहवाका का.मु. निर्देशक ऋषिराम बराल र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घाटन गरे । त्यसैगरि ओमसतिया गाउँपालिका वडा नं १, पडसरीमा रहेको नयाँ शाखाको औपचारिक रुपमा ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुल र बैंकका सञ्चालक ध्रुव कोइराला तथा सियारी गाउँपालिका वडा नं ७, अमवामा रहेको नयाँ शाखा औपचारिक रुपमा सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु र बैंकका संचालक जगदीश्वर प्रसाद अधिकारीले उद्घाटन गरे । वाणगङ्गा नगरपालिका वडा नं ४ जीतपुर, कपिलवस्तुमा पनि सोमबारबाटै ज्योतिको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन वाणगङ्गा नगरपालिकाका मेयर मंगल प्रसाद थारु र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरे ।

हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षभित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम  संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ती गरी एककृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement