स्थानीय तहमा बजेटको दुरुपयोग, वडाको बजेटले क्यारमबोर्ड खरीद

Advertisement

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–११ ले क्यारमबोर्ड खरीद गरी युवालाई वितरण गरेपछि अधिकांशले बजेटको दुरुपयोग भन्दै विरोध गरेका छन् ।

क्यारमबोर्ड पनि एक प्रकारको जुवा नै हो । क्यारमबोर्ड खेल्दा धेरै रकम बाजी थापेर समेत खेल्ने गरिन्छ । यसलाई सामाजिक विकृतिकै रुपमा पनि लिइने गरिन्छ । वडाध्यक्ष उज्ज्वलसिंह राठौरले क्यारेमबोर्ड खरिद गर्न रु एक लाख बजेट विनियोजन गरिएको र हालसम्म चारवटा टोलमा वितरण गरिएको बताए ।

एक वडा सदस्यले युवालाई खुशी बनाउन क्यारेमबोर्ड बाँडेको भन्दै वडाध्यक्षको आलोचना गरेका छन् । नाम नबताउने शर्तमा उनले भने, ‘वडामा छलफल नै नगरेर बजेटको दुरुपयोग भएको छ, क्यारमबोर्ड खरीद गरेको बिल भपाई पास गर्न दिदैनौँ ।’

क्यारमबोर्ड खेललाई ठूलो जुवा मानी प्रहरीले यस खेलमाथि नियन्त्रणको प्रयास गर्दै आएको छ । ‘सरकारकै लागि गलत पद्दति स्थापित हुन्छ,’ अधिकारकर्मी प्रकाश उपाध्यायले भन्नुभयो, “वडाको बजेटबाट क्यारमबोर्ड खरीद गरी वितरण गर्नु जायज होइन ।”

Advertisement

Advertisement

Advertisement