भाजपा नेता जोलीको नेपालमा धर्म प्रचारको ठूलो मिशन, एकनाथ ढकाल र दीपेन्द्र कँडेल सहयोगी

Advertisement

काठमाडौं । ‘उहाँको अनुहारको कान्ति हेर्नुस्, कस्तो चमक छ’ इसाई धर्म र युनिफिकेसन चर्च प्रमुख हकलाई देखाउँदै उनले भने ‘उहाँ साक्षात् शान्तिको दूत हुनुहुन्छ, यो संसारलाई उहाँको जन्मले पवित्र पारेको छ । एकपटक हामी सबै उहाँको सम्मानमा उठौं ।’

उनले त्यसो भन्ने वित्तिकै एसिया प्यासिफिक समिटमा भाग लिन पुगेका प्रधानमन्त्री भइसकेका नेतादेखि बहालवाला उपप्रधानमन्त्री, मन्त्री, मेयर र आफूलाई क्रान्तिकारी भन्न रुचाउने कम्युनिष्ट नेताहरु जर्र्याकजुरुक उठे । आफूलाई ईश्वरको एकमात्र अवतार दाबी गर्ने ‘म्याडम मुन’ को अघिल्तिर त्यसरी उठ्दा उनीहरुले कुनै संकोच मानेनन् । उठाउने व्यक्ति थिए भारतीय जनता पार्टीका नेता विजय जोली ।

जोली नेपाल जानकार भनेर चिनिन्छन् । नेपालको बारेमा निकै चासो राख्ने उनी एक दुई महिनाको अन्तरमा नेपालमा भ्रमण पनि गरिरहन्छन् । आउँदा यहाँका प्रभावशाली नेताहरुलाई पनि भेटिरहन्छन् । कहिले काहीं नेताका विभिन्न भाग घुम्न पनि जान्छन् ।

जोलीको नियमित नेपाल भ्रमणको दुई उद्देश्य देखिन्छ । एउटा क्रिश्चियन धर्म प्रचार, अर्को राजनीतिक प्रभाव । उनलाई धर्म प्रचारमा साथ दिने काम गर्छन् एकनाथ ढकाल र दीपेन्द्र कँडेल । ढकाल र कँडेल दुवै आफूलाई राजनीतिज्ञ भन्न रुचाउँछन् ।

ढकाल दल नामक राजनीतिक पार्टीको नाममा समानुपातिक भोट बटुलेर संविधानसभामा सदस्य र मन्त्रीसमेत खान भ्याएका थिए । तर पछिल्लो निर्वाचनमा उनको पार्टीको जमानत जफत भएको छ । नेपालमा क्रिश्चियन धर्म प्रचार गर्ने, नेतादेखि पत्रकारसम्मलाई विदेश घुमाउन लैजाने, आर्थिक सहयोगहरु गर्ने काम निकै पहिलेदेखि उनले सम्हाल्दै आएका छन् ।

उनी जोलीको प्रत्यक्ष निर्देशनमा भन्दा पनि समन्वयमा काम गर्छन । ढकालका गतिविधिलाई जोलीले नियाल्ने काम गरिरहेका हुन्छन् । नेपालमा क्रिश्चियन धर्म प्रचारका लागि फण्ड ल्याउने, त्यसलाई नेतादेखि तल्लोस्तरसमा वितरणको प्रवन्ध मिलाउने काम ढकालले निकै लामो समयदेखि गर्दै आएका छन् ।

विभिन्न दलभित्र रहेका आफ्नो पक्षमा नेताहरुलाई समन्वय गर्ने र परिचालन गर्ने काममा उनी लागिरहेका हुन्छन् । अर्का सहयोगी दीपेन्द्र कँडेलको काम भने अल्ली फरक छ । उनी भने जोलीले दुई बर्षअघि मात्रै उत्पादन गरेका व्यक्ति हुन् । उनी विचार प्रभावमार्फत जोशीको मिशनलाई नेपालमा सहयोग गर्छन् । जोलीको नाममा विज्ञप्ति जारी गर्ने, पत्रकार सम्मेलन गरी विचार प्रवाह गर्ने, लेखहरु लेख्ने काम कँडेलको हो ।

कँडेलले यस्ता गतिविधि सञ्चालन गर्न कार्यालय नै खोलेका छन् । बाहिर कन्सल्ट्यान्सी भनिए पनि कार्यालयभित्र भने गतिविधि अर्कै हुन्छ । जोलीको नामको लेटर हेड कँडेलको ब्यागदेखि कार्यालयसम्म देख्न सकिन्छ । केही समयअघि जोलीको नाममा त्रिभुवन विमानस्थलबारे कँडेल आफैले विज्ञप्ति जारी गर्ने काम गरेका थिए ।

गत बर्ष चुनावताका उनी स्वायत्त मधेस प्रदेश बनाउने अभियानमा थिए । उनका तत्कालिन लेखहरु पढ्दा मधेसलाई स्वायत्त बनाउँदै नेपालबाट अलग बनाउनुपर्छ भन्ने आशय देखिन्छ । सँगसँगै उनले केन्द्र र प्रदेशको निर्वाचन एकैपटक गर्न हुँदैन भनेर लेख लेख्नेदेखि नेताहरुलाई भेटेर प्रदेशको चुनाव सार्न लबिङ गर्दै हिंडेका थिए ।

तर, कँडेलको काम भनेको जोलीको अभियानलाई सफल बनाउनु हो । उनी कहिले जोशीलाई लिएर पहाडका जिल्लाहरु घुम्छन् भने कहिले विदेशमा सेल्फी खिचिरहेको देखिन्छ । जोलीले आफ्नो मिशनरिजको फण्डिङ कँडेल हुँदै नेपालका ग्रामीण क्षेत्रमा चर्चाहरु कति खुले ? र कति विस्तार भयो ? गतिविधि के भइरहेको छ ? अनुगमन गर्ने काम गर्छन् । एक पटक कँडेलको छोराको भात खुवाई कार्यक्रम (पास्नी)मा समेत भाग लिन भन्दै जोशी दिल्लीबाट आएर स्याङजा पुगेका थिए । हरेक पल्न नेपाल आउँदा ऋषि धमलाई सम्पर्क गरी रिपोर्टर्स क्लवमा भाषण पनि गर्छन् ।

Advertisement

Advertisement

Advertisement