व्यक्तिगत निक्षेपमा ब्याजदर निर्धारण गर्न बैंकहरु अब स्वतन्त्र

Advertisement

काठमाडौँ । नेपाल बैंकर्स संघले व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदरको सीमा अबदेखि नलाग्ने निर्णय गरेको छ । संघको मंगलबार बसेको बैठकले यस्तो सीमा हटाएर बैंकलाई नै स्वतन्त्ररूपमा निर्णय गर्न दिने निर्णय गरेको हो ।

व्यक्तिगत निक्षेपका हकमा ब्याजदर वाणिज्य बैंकले आफैँ निर्धारण गर्न पाउने निर्णय गरेको संघका अध्यक्ष ज्ञानेन्द्र ढुँगानाले जानकारी दिएका छन् । ब्याजदरमा संघले सिण्डिकेट गरेको भन्दै निक्षेपकर्ताहरुले विरोध जनाउँदै आएका थिए ।

वाणिज्य बैंकले संघको निर्णय भन्दै निश्चित प्रतिशत मात्रै ब्याज दिन पाउने निर्णय गर्ने गरेका थिए । साना वित्तीय संस्थाहरुमा निक्षेप बढि जान थालेसँगै बाणिज्य बैंकहरुमा ऋण दिने रकमको अभाव हुन थालेपछि संघले निक्षेप बढाउनका लागि त्यस्तो निर्णय गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement