सेञ्चुरी बैंकले अपांगहरुलाई दुई लाख सहयोग गर्यो

Advertisement

काठमाडौं । सेञ्चुरी बैंकले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ई–नेबल नेपाल नामक संस्थालाई नगद सहयोग गरेको छ । बैंकले प्राकृतिक, भवितब्य वा विविध कारणले हात गुमाएका बालबालिकाहरुलाई चलायमान कृतिम हात निर्माण र जडान गर्न २ लाख रुपियाँको आर्थिक सहयोग गरेको हो

ई–नेबल नेपाल बिगत देखि यो सामाजिक र्कायमा सक्रिय रहेको छ । यस ब्यवस्थाबाट हात गुमाएका बालबालिकाहरु पुन आफ्नो अध्यनलाई निरन्तरता दिनुका साथै दैनिक जीवनका बिबिध कार्य गर्न मद्दत मिल्नेछ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले ई–नेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठलाई चेक हस्तान्तरण गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement