श्रृखला खतिवडा मिस वल्र्डको फाइनलमा

srinkhala-khatiwada

काठमाडौं । नेपाली चेली विश्व सुन्दरी (मिस वल्र्ड) २०१८ को प्रतिस्पर्धाको फाइनलमा प्रवेश गरेकी छन् । उनले मल्टिमिडिया अवार्ड हात पार्दै फाइनलमा प्रवेश गरेकी हुन् ।

मेक्सिको र केन्याकी प्रतिस्पर्धीलाई पछि पार्दै २३ बर्षीया खतिवडाले सो अवार्ड हात पार्न सकेकी हुन् । मल्टिमिडिया अवार्डका लागि सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट पाँचमा केन्या, चीन, पोर्टो रिको र बेलायतलाई पछि पार्दै नेपाल, मेक्सिको र केन्याले अग्रस्थान बनाएका थिए ।

nic-asia

चीनको सान्या सहरमा जारी यस प्रतियोगिताको लागि १२१ देशका सुन्दरी प्रतिस्पर्धामा छन् । जसमा श्रृखलाले अन्तिम ३० जनामा आफूलाई उभ्याउन सफल भएकी छन् ।