‘ए’ डिभिजन फुटबलः आज तीन खेल हुँदै

Advertisement

काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुँदैछन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आज दुई खेल एन्फा मैदान सातदोबाटो तथा एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ । आज हुने पहिलो खेलमा मनाङमस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच तथा च्यासल युथ क्लब र हिमालयन शेर्पाबीच दोस्रो खेल एन्फा मैदानमा हुनेछ भने हल्चोक मैदानमा थ्रीस्टार र सरस्वती युथ क्लबबीच खेल हुनेछ ।

प्रतियोगितामा शतप्रतिशत जित आत्मसात् गरेको मनाङ सोही नतिजालाई कायम राख्ने लक्ष्यमा छ । तालिकाको अन्तिमतिर रहेको जावलाखेल मनाङलाई हराउँदै लिगमा अप्रत्यासित नतिजा निकाल्ने दाउमा रहको छ ।

शीर्ष स्थानको मनाङको पाँच खेलबाट १५ अङ्क जोडेको छ । जावलाखेल युथ क्लब चार अङ्कसहित तालिकाको ११आँै स्थानमा छ । सोही मैदानमा दिउँसो २ः३० बजे हुने दोस्रो खेलमा हिमालयन शेर्पा र च्यासल युथ क्लब आमनेसामने हुनेछन् ।

स्टार खेलाडी अनुबन्धन गरेर अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेको च्यासलले उपाधि होडबाट बाहिर भएको घोषणा गरिसकेको छ । लिगमा हिमालय शेर्पाले राम्रै नतिजा निकालिरहेको छ । शेर्पा १० अङ्कसहित छैटौँ स्थानमा रहँदा च्यासल चार अङ्कसहित नवौँ स्थानमा छ ।

आजै हुने तेस्रो खेलमा रुस्लान थ्री स्टार क्लबले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । लिगको उपाधि दाबेदार क्लब थ्रीस्टारको लक्ष्य सरस्वतीलाई पराजित गर्दै शीर्ष स्थानको मनाङमाथि दबाब सिर्जना गर्नुहुनेछ ।

Advertisement

Advertisement

Advertisement