मध्यभोटेकोशीको आइपीओ आजबाट बिक्री खुला, क-कसले दिन पाउँछन् आवेदन ?

Advertisement

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत आयोजनाले आइपीओ दोस्रो चरणका लागि बुधबारबाट बिक्री खुला गरेको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत संस्थापक संगठित संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि २७ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

 

कम्पनीले संगठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता गरी कूल २७ लाख कित्ता आइपीकोका लागि आवेदन खुला गरेको छ । कम्तिमा ५० कित्तादेखि बढीमा एक हजार दुई सय कित्तासम्मको आइपीओका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

 

आइपीओका लागि मंसिर २६ गतेसम्म आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

 

कर्मचारी सञ्चय कोषका कर्मचारीले एक हजार दुई सय कित्तासम्म र संस्थापक सेयरमा लगानी गर्ने चिलिमे जलविद्युत, नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर, सिन्धु इन्भेष्टमेन्ट नेपाल, अरनिको हाइड्रोपावर र सिन्धिु भोटेकोशी हाइड्रोपावरका कर्मचारीले भने पाँच सय कित्ताका लागि आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्री यही मंसिर १४ सम्म खुला गरेको थियो । यो समयमा शेयर आवेदन दिएका कर्मचारी संचयकोषका कर्मचारीले अब शेयर आवेदन माग गर्न पाउँदैनन


 

कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता, संस्थापक संंगठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता शेयर बिक्री खुला गरेको हो ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी रु छ अर्ब २१ करोड रहेको छ भने जारी पूँजी रु छ अर्ब रहेको छ ।

कम्पनीको शेयरमा कर्मचारी संचय कोषका कर्मचारीले गत कात्तिक २८ गतेदेखि मङ्सिर १४ गतेसम्म आवेदन दिइसकेका छन। अब संस्थापक सङ्गठित संस्थाका कर्मचारी तथा ऋणदाता संस्थाका कर्मचारीले आगामी दोस्रो चरणको आइपीओ आएको कम्पनीले जनाएको छ ।

 

कम्पनीको शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिल रहेको छ । सह बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, एनआइविएल एस क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिविआएल क्यापिटल छन् ।

Advertisement

Advertisement

Advertisement