जनता बैंकले मुद्धति निक्षेपमा १२ प्रतिशत ब्याज दिने

Advertisement

काठमाडौं । जनता बैंकले मुद्धति निक्षेपमा १२ प्रतिशत ब्याज दिने भएको छ । बैंकले मासिक ब्याज भुक्तानी पाउने गरि जनता मुद्दती निक्षेपमा वार्षिक १२ प्रतिशत ब्याजमा निक्षेप आव्हान गरेको हो । यो योजना मंसिर १९ गतेबाटै लागू हुनेछ ।

ग्रहकहरुले न्यूनतम १ लाखमा ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने छन् । यो योजना सिमित अबधिको लागि र व्यक्तिगत निक्षेपमा लागु गरिएको छ ।

साथै, बैंकले सम्पूर्ण बचत खाताको ब्याजदर बार्षिक ७ प्रतिशत कायम गरेको प्रमुख कार्यकारी अधिकृत परशु कुँवर क्षेत्रीले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement