९० अर्ब खाएर फरार बिजय माल्याले भनेः साँवा तिर्छु व्याज तिर्दिन

Advertisement

मुम्बइ । भारतीय उद्यमी बिजय माल्याले आफु बैंकहरुको ऋण तिर्न तयार रहेको बताएका छन् । कयौं बैंकहरुको नौ हजार करोड भारु ऋण लिएर भूक्तान नगरी देशबाटै फरार माल्याले ट्वीट गर्दै यस्तो बताएका हुन् ।

उनले बैंकको ऋणमात्र फिर्ता गर्ने तर व्याज भने नतिर्ने बताएका छन् ।सञ्चालन गरेका किङ फिसर तीन दशकसम्म भारतमा व्यावसाय गर्दै नाम चलेको ब्राण्डको रुपमा स्थापीत भएको र यसले भारत सरकारलाई हजार करोड भारु राजश्वसमेत तिरेको स्मरण गराएका छन् । किङफिसर एयरलायन्सले पनि सरकारलाई राम्रै राजश्व तिरेको थियो । तर एयरलायन्स डुब्न पुग्यो । यसमा उनले दुख व्यक्त गरेका छन् ।

आफ्नो व्यावसाय टाट पल्टेपनि आफु सबै बैंकहरुको ऋण तिर्न तयार रहेको जनाउँदै बैंकहरुलाई साँवामात्र लिगिदिन आग्रह गर्दै ‘प्लिज टेक ईट’ भनेका छन् ।

सबै बैंकहरुलाई साँवा मात्र तिर्न आफु तत्पर रहेका बताउँदै यसका लागि उच्च अदालतमा अपिल गरेको पनि बताएका छन् ।

विभिन्न बैंकबाट करिब नौ हजार करोड भारु ऋण लिएर व्यावसाय गरेका माल्या आफ्नो व्यावसाय टाट पल्टेपछि ऋण तिर्न नसक्दा भारत छाडेका छन् । उनी हाल लण्डनमा बसोबास गर्छन् । उनलाई भारत सुपुर्दगी गर्नेबारे त्याहाँको अदालतमा सुनुवाई चलिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । माल्यालाई करिब नौ हजार करोड भारु खाएको आरोप लागेको छ ।

Advertisement

Advertisement

Advertisement