मृत महिलाको पाठेघर प्रत्यारोपण गरी पहिलो पटक जन्मियो बच्चा

Advertisement

काठमाडौं । ब्राजिलकी एक महिलाले मृत महिलाको पाठेघर प्रत्यारोपण गरी बच्चा जन्माएकी छिन् । ३२ महिनासम्म महिनावारी नभएकी ती महिलाले एक मृत महिलाको पाठेघर प्रत्यारोपणपछि उनले बच्चा जन्माएकी हुन् ।

एमआरएचके सिन्ड्रोमका कारण पाठेघर नै थिएन ।

सन् २०१६ को सेप्टेम्बरमा एक जना ब्रेन ह्यामरेजका कारण मृत्यु भएकी महिलाको शरिरबाट निकालिएको पाठेघर उनीमा प्रत्यारोपण गरिएको एजेन्सीहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार पाठेघर प्रत्यारोपणको ३७ दिनपछि उनी जीवनमा पहिलो पटक महिनावारी भईन् । र यो क्रम निरन्तर चलिरह्यो ।

उनीलाई जस्तै संसारका चार हजार पाँच सय महिलाहरुमा एमआरएचके सिन्ड्रोम लागेर पाठेघर नै नहुने समस्या रहेको शोधकर्ताहरुको तथ्यांकले देखाएको छ ।

चिकित्सकहरुले १० घण्टा लामो अप्रेशन गरी मृत महिलाको पाठेघर ती महिलामा प्रत्यारोपण गरेको थियो । पाठेघर प्रत्यारोपणको आठ दिनपछि उनी घर फर्केकि थिइन् ।

प्रत्यारोपण गरिएको सात महिनापछि उनी गर्भवती भइन् । गर्भ रहेको ३५ हप्तापछि उनले आफ्नो पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिइन् । शिशु जन्मँदा छ पाउण्ड तौल थियो अहिले अन्य बच्च जस्तै उनकी छोरी पनि सामान्य रुपमा हुर्किरहेकी अन्तर्राष्ट्रिय सञ्चार माध्यले जनाएको छ ।

तर उनले अब फेरी अर्को बच्चा जन्माउन भने नपाउने भएकी छीन् । उनले पहिलो सन्तानको रुपमा छोरी जन्माउँदा चिकित्सकहरुले उनको पाठेघरपनि निकालिदिएका थिए ।

मृत शरिरबाट पाठेघर निकालेर प्रत्यारोपण गरिएको यो पहिलो घटना हो । चिकित्सकहरुको पहिलो प्रयासमै मृत शरिरको पाठेघर प्रत्यारोपणबाट बच्चा पनि सकुशल जन्मिएर हुर्किरहेको छ ।

यस घटनाअघि जिवित महिलाको पाठेघर निकालेर प्रत्यारोपाण र त्यसबाट बच्चा जन्मिइसकेको छ । यसरी जिवित पाठेघर प्रत्यारोपणबाट भने ११ वटा शिशुहरु जन्मिइसकेका छन् ।

Advertisement

Advertisement

Advertisement