सन्दीप लामिछाने आबद्ध आइपीएल टोली दिल्लीले फेर्यो नाम र लोगो

सन्दीप लामिछाने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आर्इपीएल) को टोली मध्येको एक दिल्ली डेयरडेभिल्सले नाम परिवर्तन गरेको छ । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आबद्ध भएको टोली दिल्लीको नाम अब दिल्ली क्यापिटल्स भएको छ।

भारतीय सञ्चार माध्याममा आएकामा खबर अनुसार मंगलबार एक कार्यक्रम आयोजना गरी दिल्लीले नाम परिवर्तनको घोषणा गरेको हो ।

nic-asia

नामसँगै दिल्लीले लोगो पनि परिर्वतन गरेको छ पहिलाको डबल डी लेखिएको लोगो परिवर्तन गरी दिल्ली क्यापिटल लेखिएको मुनि बाघका तीनवटा टाउको जोडिएको लोगो सार्वजनिक गरेको छ।

यसअघिको दिल्ली डेयरडेभिल्सको आधिकारिक ट्रवीटर र फेसबुक अकाउन्टमासमेत नाम र लागो परिवर्तन गरिसकेको छ। आइपीएल पहिलो संस्करण सन २००८ बाटै सामेल भएको टोली दिल्लीले हालसम्म उपाधि जित्न भने सकेको छैन् ।