राष्ट्रिय वाणिज्य बैंकको ‘बिजनेस मिट–२०७५’ सम्पन्न

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको व्यावसाय बृद्धिका लागि रणनीति तय गर्न बढी कर्जा लगानी भएका ४८ शाखा कार्यालयका प्रबन्धकहरु सम्मिलित ‘बिजनेस मिट–२०७५’ सम्पन्न भएको छ ।

प्रतिस्पर्धी बैंकिङ बजारमा बैंकको निक्षेप, कर्जा, ईबैंकिङ, गैर कोषमा आधारित व्यावसाय बृद्धिका लागि व्यापक रुपमा छलफल भई रणनीति तय गरिएको थियो ।

बैंकको हाल ७४ जिल्लामा २०८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । हाल बैंकको १ खर्व ७५ अर्व रुपैंया निक्षेप संकलन र १ खर्व २४ अर्व रुपैंया कर्जा लगानी रहेको छ ।

Advertisement

Advertisement

Advertisement