नेप्सेमा भारी गिरावट, लगानीकर्ताका लागि थप कष्टकर बन्दै  पुँजी बजार

Advertisement

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसुचकमा भारी गिरावट आएको छ । नेप्से परिसुचक आज एकै दिन २२ दशमलव ८० अंकले घटेर ११ सय १८ दशमलव १९ विन्दुमा झरेको छ ।

आजको कारोबारमा सबै समूहका उपसुचकहरुमा गिरावट आएको छ । वित्त समूहका परिसुचक बाहेक सबै समूहका सुचकमा दोहोरो अंकको गिरावट आएको छ ।

नेप्से परिसुचक घटेसँगै आज कारोबारको मात्रा पनि अघिल्लो दिनको तुलनामा घटेको छ । आज नेप्सेमा एक सय ५६ कम्पनीका ३७ करोड ७२ लाख ८६ हजार रुपियाँ मूल्यका एघार लाख ६८ हजार दुई सय ३३ कित्ता सेयरको कारोबार भएको छ ।
आज निर्जीवन बीमा कम्पनीको सुचकमा सबैभन्दा बढ एक सय ८५ दशमलव २६ अंकको गिरावट आएको छ । त्यसैगरी जिवन बीमा, विकास बैंक, लघुवित्त र अन्य समूहका उपसुचकहरुमा पनि क्रमशः ९६ दशमलव ०१ अंक, ३३ दशमलव ८८ अंक, ३० दशमलव ४१ अंक र २८ दशमलव ०८ अंकको गिरावट आएको छ ।

उत्पादन, जलविद्युत, वाणिज्य बैंक, होटेल र वित्त समूहका सुचकहरु आज क्रमशः २५ दशमलव ४७, २१ दशमलव २४, १५ दशमलव २२, १० दशमलव ७३ र २ दशमलव ४ अंकले घटेका छन् ।

सेयर बजार घट्नेक्रम जारी रहँदा सेयर बजारका लागानी कर्ताहरु थप मारमा परेका छन् । लगातारको गिरावटले सेयर बजारमा लगानी गरेका लगानी कर्ताले ठूलो नेक्सानी बेहोरेका छन् ।

 

Advertisement

Advertisement

Advertisement