निर्मलाका लागि दिउसै बत्ति बालेर न्यायको माग

Advertisement

महेन्द्रनगर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तले न्याय नपाएको भन्दै दिउसै बत्ति बालेर प्रदर्शन गरिएको छ । अधिकारकर्मीसहितले प्लेकार्ड र ब्यानरसहित टर्चलाइट बालेर प्रदर्शन गरेका हुन् ।

‘निर्मलाका हत्यारा सार्वजनिक गर’, ‘सरकार भेटियो, न्याय भेटिएन’ जस्ता नारा अंकित प्लेकार्ड र ब्यानर बोलेका उनीहरुले हत्या भएको चार महिना भइसक्दा समेत अपराधि सार्वजनिक गर्न नसकेको भन्दै सरकार र प्रहरी प्रशासनको आरोचना गरेका थिए । पीडित परिवारले धर्ना दिइरहेको जिल्ला प्रशासन कार्यालय अगाडि अधिकारकर्मीले टर्च बालेर प्रदर्शन गरेका हुन्। उनी टर्च बालेरै जिल्ला प्रशासन कार्यालय परिसर प्रवेश गरेका थिए।

उनीहरुले यति लामो समयसम्म अपराधिलाई पक्राउ गरी कारवाही गर्न नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्ने, अनुसन्धानमा लापरवाही गर्नेहरुलाई कारवाही गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए । नागरिक संघर्ष समिति संयोजक मिना भण्डारी एउटा बालिकालाई बलात्कार गरी हत्या हुँदा राज्यले यति लामो समयसम्म न्याय दिन सक्दैन भने आम जनताले यो सरकारबाट शान्ति र सुशासन कसरी देला भन्दै न्याय कतै भेटिन्छ ? कि भनेर आफूहरुले टर्च बालेर दिउँसै खोज्न हिँडेका बताइन् ।

साउन १० गते बलात्कारपछि हत्या गरिएकी पन्तको न्यायका लागि कञ्चनपुरसहित देशभर आन्दोलन जारी छ । सरकारमा बस्नेहरुले सुरु सुरुमा अपराधि पत्ता लगाइछाड्ने जिकिर गर्दै आए पनि पछिल्लो समयमा उनको नाम सुन्न छोडेका छन् । पन्तको लागि न्याय माग गर्दै टाँसिएका पर्चाहरु सरकारले प्रहरी लगाएर च्यात्ने काम गरेको छ । कतिपयले सुरक्षा संगठनभित्रका मान्छेबाट यो घट्ना भएकाले सो संगठनको दबाबमा सरकारले अपराधि सार्वजनिक गर्न आँट नगरेको बताइँदै पनि आएको छ ।

Advertisement

Advertisement

Advertisement