भारतको सरकारी आश्रयगृहबाट आठ नेपाली महिला बेपत्ता

Advertisement

काठमाडौं । भारतको राजधानी दिल्लीस्थित एउटा रेड लाइट (जीबी रोड) क्षेत्रबाट उद्धार गरेर त्यहाँको सरकारी आश्रयगृहमा राखिएका ८ जना नेपाली महिलाहरू हराएका छन्।

गत शनिवार र आइतवार राती ती ८ नेपाली र एक भारतीय सहित ९ जना महिला आश्रयगृहबाट एकाएक हराएका थिए। उनीहरू आफैँ त्यहाबाट निस्केर गएका हुन् वा कसैले लिएर गएको भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन।

बेपत्ता भएका नेपाली किशोरीहरूमा १६ वर्षदेखि २२ वर्षसम्मका रहेका छन् । उनीहरू ३ जना नुवाकोटकी, २ जना काभ्रेकी, र तेह्रथुम, मकवानपुर र सिन्धुपाल्चोकका  एक-एक जना रहेका छन्।

उद्धार गरेर उक्त सरकारी आश्रयगृहमा राखिएका ती महिलाहरु  सरकारी आश्रयगृहबाटै  हराएपछि यस  विषयमा दिल्लीस्थित महिला आयोगले चासो देखाएको छ।

आम आद्मी पार्टीको सरकार रहेको दिल्लीमा विपक्षी भारतीय जनता पार्टीले भने दिल्ली सरकारको विरोध गर्दै आश्रयगृह अगाडी प्रदर्शन गरिरहेको छ ।

भारतस्थित नेपाली दूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले आश्रयगृहबाट नेपाली महिलाहरू हराएको बारे दूतावासलाई जानकारी भएको सुचना प्राप्त भएको छ । उनले भने, हामी त्यसबारेमा सचेत छौँ र यहाँका निकायहरूसँगको सहकार्यमा उनीहरूलाई पत्ता लगाउनका लागि दूतावासले पनि काम गरिरहेको छ।

अधिकारवादीहरूले नेपालबाट भारतमा यौन व्यवसायका लागि महिलाहरूको बिक्री हुने गरेको बताउँदै आएका छन्।

Advertisement

Advertisement

Advertisement