भारतको आर्थिक जीबनमा कायापलट ल्याउनसक्ने यी चार आयोजना

Advertisement

बेलायतको चंगुलमा परेको भारत १९० बर्ष पछि १९४७ अगष्ट १५ मा स्वतन्त्र भयो । अंग्रेजको दबदबाह झेलेको भारतले योजनावद्ध विकासको अबधारणलाई गरिवीबाट पारपाचुके पाउने औजारको रुपमा अवलम्बन गर्ने सोच बनायो । जसअनुसार १९५२ मा पहिलो पञ्चवर्षीय प्रारम्भ गरियो । जहाँ कृषि क्षेत्र प्रथम पञ्चवर्षीय योजना कालदेखि प्राथमिकतामा पर्यो, जहाँ कृषिमा यान्त्रीकरणको सुरुवात भयो । नहर निर्माण थालनी भयो । रासायनिक मल, उन्नतजातको बीउबीजन, किटनाशक औषधिको प्रयोगमा बढवा दिइयो । जसको कारण १९६० पछि कृषि क्षेत्रमा औषत ३ प्रतिशतका दरले आर्थिक बृद्धि भयो । कृषि क्षेत्रको विकासले औद्योगिक विकासको आधारशीला निर्माणमा सघायो । सन् १९६० देखि १९९० को अबधिमा टेक्सटाईल, केमिकल, खाद्य प्रशोधन, स्टिल, सिमेन्ट, खानी, पेट्रोलियम, मेसिनरी, फर्मास्युटिकल लगायतका उत्पादनमूलक उद्योगहरु मौलाउन पुगे । यसबाहेक सडक पूर्वाधार, रेल्वे, बन्दगाह, जलबिद्युत परियोजना, सिँचाई आयोजना, औद्योगिक करिडोर निर्माणले बढवा पायो । सन् १९९० मा आइपुग्दा साबिकको बन्द अर्थनीतिलाई भारतले उदार बनायो । उदार अर्थनीतिका कारण आन्तरिक पूँजी मौलाउने मौका मात्र पाएन, वाह्य लगानी समेत भित्रियो । जसको कारण भारत विश्वकै उदायमान अर्थतन्त्र बन्न पुग्यो । अहिले भारत विश्वको आर्थिक महाशक्ति बन्ने दाउमा छ । उक्त लक्ष्य प्राप्तिको लागि पूर्वाधार क्षेत्रको लगानीलाई उसले विशेष प्राथमिकतमा पारेको छ, जहाँ पूर्वाधार क्षेत्रमा १९९७ देखि २००२ को अबधिमा ५० खर्ब, २००२ देखि २००७ को अबधिमा ७५ खर्ब लगानी गरेकोमा पछिल्लो ५ वर्षमा वार्षिक औषत १०० खर्बका दरले लगानी गरेको छ । कूल गार्हस्थ्य उत्पादनको ४.५ देखि ६ प्रतिशत पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरेको छ । जहाँ सञ्चालनमा रहेका परियोजनाहरुमा पूर्वाधार क्षेत्रको हिस्सा सरदर औषत २५ प्रतिशत छ । प्रस्तुत आलेखमा भारतले पूर्वाधारको क्षेत्रमा प्राथकितमा पारेका ४ वटा त्यस्ता आयोजनाको चर्चा गर्न खोजिएको छ, जसले भारतको अर्थतन्त्रको मुहार परिवर्तन गर्ने ठानिएको छ । जुन नेपालको लागि अनुकरणीय नहुने कुरै हुँदैन ।

१ बिराट रामायण मन्दिर
कुल जनसंख्याको ७९ प्रतिशत हिन्दु धर्माबलम्बीहरुको बाहुल्यता रहेको भारत आध्यात्मिक मुलुक पनि हो । हिन्दु धर्मप्रतिको आस्था र बिश्वास गर्नेहरुको कमि छैन भारतमा । हिन्दु धर्मसंग सरोकार राख्ने आयोजना हो, बिराट रामायण मन्दिर । बिराट रामायण मन्दिर भारतीय कम्युनियल हार्मोनिको बेजोड नजिर मानिन्छ । ११० एकड जमिनमा निर्माण भईरहेको उक्त मन्दिरमा कतिपयले स्थानीय मुस्लिम परिवारले (तीन दर्जन) भूमिदान गरेका छन् । कतिपय मुस्लिम परिवारले जग्गा अदलीबदली गरेका छन् भने कतिपयले अत्यन्त न्यून मूल्यमा जमिन उपलब्ध गराएका छन् । अधिकांश मुस्लिम परिवार मन्दिरको निर्माण प्रत्यक्ष्य सहभागी बनेका छन् ।

मन्दिरले धेरै किर्तिमानी कायम गर्दैछ । मन्दिरको लागत, लम्बाई, चौडाई उचाई यसमन्दिरका महत्वपूर्ण आयाम मानिन्छ, जहाँ ११० एकड क्षेत्रफलअन्तर्गत मन्दिरको लम्बाई २८०० फिट र चौडाई १५०० फिट तय भएको छ । कूल १८ देउताघर र १८ शिखर निर्माण गर्ने तय भएकोमा मुख्य मन्दिरको लम्वाई १२४० फिट, चौडाई ११५० फिट र उचाई ४०५ फिट तय भएको छ । बिराट रामायण मन्दिर राम, सीता, वाल्मिकी, लब, कुश लगायत अन्य देवीदेवताको मुर्ति स्थापना गरिने योजना रहेको छ । यसका अतिरित्त २० हजार मानिस बस्नमिल्ने हल निर्माण गर्ने योजना रहेको छ । यस हिसाबले बिराट रामायण मन्दिर हिन्दु धर्माबलम्बीहरुको अहिलेसम्म कै सबैभन्दा ठूलो सांस्कृतिक केन्द्र हुनेमा कुनै संशय रहँदैन ।

बिराट रामायणसँग जोडिएको भुल्न नसकिने अर्को पक्ष भनेको यससँग जोडिएको विवाद पनि हो, जहाँ बिराट रामयण मन्दिर १२ औं शताब्दीमा कम्वोडियामा निर्मित २१५ फिट अग्लो विश्व प्रसिद्ध अंकोर वाट टेम्पलको स्वरुपमा निर्माण भएको भनी त्यहाँको सरकारबाट आपत्ती जनाइएको कारण २०१५ मा निर्माण सुरुवात गर्नुपर्नेमा तीन वर्ष ढिलो भएको छ । भलै नक्सा परिर्वतन गरि निर्माण कार्य अगाडि बढाइएकाले अहिले कुनै व्यवधान रहेको छैन । मन्दिरको निर्माण जिम्मेवारी सम्झनैपर्ने अर्को पाटो हो । यति ठूलो धरोहर निर्माणको लागि राज्यले कुनै टाउको दुखाउन परेको छैन । बिहारको चम्पारण अन्तर्गत केशरीमा निर्माण भइरहेको उक्त मन्दिर निर्माणको जिम्मेवारी महावीर ट्रष्टले लिएको छ ।

बिराट रामायण मन्दिर नेपालको लागि किन महत्वपूर्ण हुन सक्छ ? वा उक्त आयोजनाबाट नेपालले के सिक्न सक्छ ? त्यसले विशेष अर्थ राख्छ । संबैधानिकरुपमा नेपाल धर्म निरपेक्ष मुलुक मानिएता पनि ८१ प्रतिशत हिन्दुहरुको वाहुल्यता रहेको नेपाल मुलतः हिन्दु मुलुक नै हो । हिन्दु धर्म विश्व कै पूरानो धर्म हो, जुन हाम्रो शान हो । हिन्दु धर्मसँग हाम्रो बास्तबिक पहिचान जोडिएको छ । हामीले यो भुल्नुहुँदैन कि हामी हाम्रो पहिचान संरक्षण र प्रबद्र्धन चुकिरहेका छौं । भारतको एउटा धार्मिक संस्थाले अगाडि सारेको आयोजना हाम्रा लागि गतिलो उदाहरण हुनसक्छ । हुनुपर्छ । यहाँनिर यो कुरा भुल्नु हुँदैन कि, “धमौं रक्षतौ, रक्षत” अर्थात धर्मको रक्षा गरे धर्मले हामीलाई रक्षा गर्छ ।

२ स्टाचु अफ युनिटी
आजको भारत मंगल पाण्डे, भगबत सिङ, राजेन्द्र पाण्डे, जाहिर हुसेन, महाराना प्रताप, छत्रपति शिबजी राब, लालबहादुर शास्त्री, महात्मा गान्धी, सुबासचन्द बोस, सरोजनी नाइडु, जवाहरलाल नेहरु, सरदार बल्लभाई पटेल लगायत स्वतन्त्र सेनानीहरुको त्याग तपस्या र बलिदानीमा निर्माण भएको हो । यस्ता लौह पुरुषको उच्च सम्मान गर्ने संस्कृति भारतले स्थापित गरेको छ । त्यसको ज्वलन्त उदाहरण हो, गुजरातको नर्मदा नदीको साधु वेट सरदार सरोभर ड्याम समीप निर्माण भइरहेको, स्टाचु अफ युनिटी ।

भारतका प्रथम गृहमन्त्री तथा स्वतन्त्र संग्राम सेनानी सरदार बल्लभभाई पटेलको उक्त प्रतिमालाई यसकारण बिशेष महत्वका साथ हेरिएको छ कि यसले नै विश्वको सबैभन्दा अग्लो प्रतिमाको स्थान ग्रहण गर्ने छ । यो स्टाचु अफ लिबर्टीभन्दा दोब्बर अग्लो मात्र हुने छैन, अहिलेसम्म कै अग्लो मानिने चीनको स्प्रिङ टेम्पल बुद्धभन्दा १०० फिट अधिक अग्ला हुनेछ, जसको उचाई १८२ मिटर अर्थात ५९७ फिट तय भएको छ ।

राष्ट्रिय जीबनमा अतुलनीय योगदान पुर्याएका लौहपुरुषको सम्मान र पर्यटन प्रवद्र्धनलाई एकै प्याकेजमा राखि अगाडि बढाएको उक्त प्रतिमा निर्मण सम्पन्न भइसकेको छ । यस प्रतिमाको शिलन्यास भारतीय जनता दलका नेता लालकृण आडवाणी र गुजरातका तत्कालीन मुख्यमन्त्री तथा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले २०१३ अक्टुरबर ३१ मा गरेका थिए । अर्को शब्दमा भन्नु पर्दा स्टाचु अफ युनिटी नरेन्द्र मोदिको ड्रिम पोजेक्ट पनि हो ।

कुल ३० अर्ब लागत रहेको उक्त प्रतिमा परिसरमा म्युजियम, बोटिङ, होटल, गार्डेन सहित, वरीपरी १२ बर्ग किलोमिटर क्षत्रफलमा कृतिम झिलको निर्माण गरिने छ । ५०० फिट उचाईमा रहेको अबलोकन डेकवाट नर्मदा नदी र बिन्दाचल पहाडको सुन्दरता अबलोकन गर्न सकिने छ । २० हजार बर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त प्रतिमा अबलोकन गर्न दैनिक १५ हजार पर्यटक आगमन हुने आँकलन छ ।

जहाँ सम्म स्टाचु अफ युनिटी नपालको लागि किन महत्वपूर्ण हुन सक्छ वा के सिक्न सक्छ भन्ने सवाल छ, आयोजना शुरु र सम्पन्न तिथी किटान गर्न नसक्ने हाम्रो जस्तो कार्य संस्कृतिका लागि यो आयोजना बास्तब मै सबकनीय छ । जहाँ सालिकको लोकापर्ण तिथि २०१८ अक्टुर ३१ अर्थात सरदार बल्लबभाई पटेलको जन्मदिन पारी तय गरिएको छ । तोकिएकै समयमा निर्माण सम्पन्न गर्न २४०० कामदार अहोरात्र खटीरहेका छन । अर्को भनेको खर्चको पारदर्शिता हो । जहाँ खर्च बिबरण सबैले देख्न सक्ने गरी पारदर्शी तुल्याईने उल्लेख भएको छ । जुन कुरा बिकास आयोजनालाई भ्रष्टाचार गर्ने मेलो ठान्ने नेपाली कर्मचारीतन्त्रका गतिलो नसिहद हुन सक्दछ ।

३ स्मार्ट सिटी कोची
सूचना प्रबिधिमा अग्रणी मुलुक भारतमा स्मार्ट सिटी निर्माण निर्माणको अभियान जुटेको छ । यही अभियानको एउटा आयाम हो, स्मार्ट सिटी कोजी । जो केरलाको कोजीमा निर्माणधिन छ । र, यो भारतको पहिलो स्मार्ट सिटी पनि, हो । १ बिलियन युएसडी लागत रहेको उक्त आयोजना वाह्य लगानी रहेको छ । दुबई होल्डिङको ज्वाईन्ट भेन्चरमा निर्माण भएको उक्त आयोजनमा केरला स्टेट गर्भमेन्टको १६ प्रतिशत र दुबई होल्डिङको ८४ प्रतिशत हिस्सा रहेको छ । ९९.६ हेक्टर जमिनमा निर्माण भईरहको उक्त आयोजनाको बिभिन्न चरणमा पुरा गर्ने योजना रहेको छ । जहाँ प्रथम चरणको कार्य २०१६ मा पुरा भएको छ भने अन्तिम चरणको कार्य २०२३ सम्ममा पुरा हुने बताइन्छ ।
गुजराजत इन्टरनेशन फाइनान्स टेक–सिटि(गिफ्ट) पश्चातको दोस्रो स्मार्ट सिटी मानिने यस स्मार्ट सिटीको ५० प्रतिशत हिस्सा इकोनोमिक जोनको रुपमा उपययोग गरिने छ ।

कूल जमिन मध्ये ५० प्रतिशत हिस्सा सामाजिक पूर्बाधार क्षेत्रमा उपयोग गरिनेछ । महत्वपूर्ण कुरा चै आयोजना निर्मााण भएमा ९० हजारले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने छन् । स्मार्ट सिटी कोजीमा, एउटा स्मार्ट सिटीमा उपलब्ध हुनु पर्ने पिउने पानी, उर्जा आपुर्ति, ढल निकास, सडक, पार्क, खुलास्थान, स्यानिटेशन जस्ता आधारभूत सेवासुबिधाको अवला इको फ्रेन्ड्ली इर्भामेन्ट, ट्राफिक, पार्किङ, पब्लिक ट्रान्सपोटेशन लगायतका क्षेत्रमा इन्टेलिजेन्ट र अटोमेशनको सिस्टमको प्रबन्ध गरिने छ । गुणस्तरीय जीनबयापान गर्न आबश्यक पर्ने हरेक थोक उपलब्ध हुने उक्त आयोजना भारतीय स्मार्ट सिटीको जीबनमा बेन्चमार्क आयोजना बन्ने छ ।

स्मार्ट सिटी कोची नेपालको लागि किन महत्वपूर्ण हुन सक्छ वा उक्त आयोजनावाट नेपालले के सिक्न सक्छ । त्यो महत्वपूर्ण कुरा हो । कोचिमा निर्माण भईरहेको स्मार्ट सिटी बिश्व स्तरको स्मार्ट सिटी हो । जहाँ बिश्व स्तरको पर्याबरण, स्मार्ट पार्किङ, स्मार्ट ट्राफिक, बिद्युतीय सरकार, अनलाईन सुबिधा, नागरिक सुरक्षाको ग्यारेन्टी, फोरको बैज्ञानिक ब्यवस्थापना, नबिकरण उर्जाको उपयोग, रोजगारका अबसरहरुको, किफायति आवास सुबिधा, गुणस्तरीय शिक्षा, स्वाथ्य आदिको प्रबन्ध, २४ औ घण्टा बिजुली, पानीको प्रबन्ध लगायतका सेवा सुबिधा उपलब्ध हुनेछन । नेपालले पनि स्मार्ट सिटी निर्माणको सोच अगाडि सारेको सन्दर्भमा कुन स्तरको स्मार्ट सिटी निर्माण गर्ने, के कस्ता पूर्बाधारहरु उपलब्ध गराउने, कहाँ कहाँ स्मार्ट सिटी निर्माण गर्ने भन्ने निर्णय लिन र आबश्यक पूर्ब तयारी गर्न स्मार्ट सिटी कोचि मार्ग निर्देशक हुन सक्छ । हुनुपर्छ ।

भारतमा, कुनै बृहत आयोजना निर्माण गर्दा पहिले मुआब्जाको समस्या सल्टाई जग्गा प्राप्ती गरिन्छ । जग्गा र बाताबरणीय समस्याको निदान गरिन्छ । पानी, बिजुली, ढलको प्रबन्ध मिलाईन्छ । केबल तथा टेलिफोनको तार बिच्छाइन्छ । पार्क, खेलकुद र खुला मैदान छुट्टाइन्छ । बृक्ष रोपण गरिन्छ । त्त निर्माण कार्य शुरुवात गरिन्छ । यी सबथोकको पूर्ब तयारी गरेर मात्र स्मार्ट सिटी कोची आयोजना अगाडि सारिएको पाइन्छ । तर नेपालमा कुनै पनि आयोजना अगाडि सार्नु पूर्ब यी कुराहरुलाई नजर अन्दाज गर्ने गरिन्छ । त्यसै कारण कुनै पनि आयोजना निर्धारित समयमा पुरा हुन सक्दैनन । के कस्ता पूर्ब तयारी गरेर मात्र आयोजना प्रारम्भ गर्ने भन्ने सन्दर्भमा स्मार्ट सिटी कोचि पथपर्दशक हुन सक्छ । हुनुपर्छ ।

४ गुजराजत इन्टरनेशन फाइनान्स टेक–सिटि(गिफ्ट)
गुजरात फाइनान्स टेक सिटी(गिफ्ट) अबधारणा अगाडि सारेको गुजरात भारतका २९ मध्ये एक समृद्ध स्टेट गर्भमेन्ट मानिन्छ । २००७ मा सम्पन्न बिराट गुजरात गोलोबल इन्भेस्मेन्ट समिटवाट जन्म भएको थियो, फाइनान्स टेक सिटीको अबधारणा । गुजरातलाई सिंगापुर, हङकङ जस्तै फाईनान्स हवको रुपमा बिकास गर्ने गरी अगाडि सारिएको फाइनान्स टेक सिटी गुजारतका तत्कालीन मुख्य मुन्त्री र बर्तमान प्रधामन्त्री नरेन्द्र मोदकिो ड्रिम प्रोजक्ट मानिन्छ । जुन गुजराजतको अहमावाद र गान्धिनगरको बीचमा पर्ने सबरमति नदिको किनारमा अहमावाद एअरपोर्टवाट १२ किलोमिटर समीपमा निर्माणाधिन छ । ११० वटा अग्ला टावर निर्माण गरिने योजना रहेकोमा सबै भन्दा अग्लो टावरको उचाई ४२० मिटर तय भएको छ । यसहिसाबले यो गुजरात कै अग्लो इमारत हुने छ । कर्मसियल तथा रेसिडेन्टल उद्देश्य रहेको उक्त भबनमा २० हजार सुबिधा सम्पन्न फ्याल्ट उपलब्ध हुने छन ।

यस आयोजनाको शुरुवात २०२३ सम्मा पुरा गर्ने गरि २०१० मा निर्माण शुरुवात गरिएको उक्त आयोजना ३ चरणमा पुरा हुने छ । जसमा १२० मिटर उचाईको ३० तल्लाको २ टावर सहित पहिलो चरणको कार्य पुरा भएको छ । हाल दोसो चरणको कार्य धमाधम चालु छ । ६० खर्ब लागत तय भएको उक्त सिटी भारतको पहिलो अप्रेशनल स्मार्ट सिटी र इन्टरनेशनल फाइनान्स हब मानिन्छ ।

३.५९ बर्ग किलोमिटर(८९० एकड) क्षेत्रफलमा निर्माण भईरहेको उक्त स्मार्ट सिटी वल्ड क्लासको स्मार्ट सिटीमा उपलब्ध हुनु पर्ने हरेक सेवा सुबिधा उपलब्ध हुनेगरी निर्माण गरिएको छ । जहाँ बेसिक इन्फ्रास्टक्चर(६ लेनको रोड, मेट्रो सर्भिस, २४ आवर वाटर एन्ड नर्जर्जी, इको फेन्ड्ली इन्र्भामेन्ट), कर्मसियल इन्फ्रास्टक्चर(फाइनान्स कम्पनी, अफसोर बैंकिङ, कमोडिटी एक्सचेन्ज सेन्टर, इन्टरनेशन स्टक एक्सेन्ज, इन्टरनेशन कन्भेन्सन सेन्टर, इन्सुरेन्स कम्पनी, वाटर तथा वेष्ट म्यानेजमेन्ट(डाईरेक्ट कुलिङ, युटिलिटी टनेल, अटोमेटिक भ्याकुम वेष्ट कलेक्सन, वेष्ट टु इनर्जी एन्ड फ्युल, वेष्ट टु कम्पोष्ट, वेस्ट वाटर टु रिट्रिट, स्मार्ट मिटर, वाटर क्वालिटी मनिटरीङ), ई– गर्भमेन्ट तथा इ सिटिजन सर्भिस( युटिलिटी पेमेन्ट, पब्लिक इन्फमेसन, इलोक्ट्रोनिक्स डेलिभरी, भिडियो क्राईम मोनिटरी, स्मार्ट मिटर, रिन्युबल सोर्स अफ इर्नजी) एउटै प्रिमिसियसमा उपलब्ध हुने छन । त्यसका अलवा गुणस्तरीय शिक्षा, स्वास्थ्य, सुरक्षा, मनोरञ्जनको लागि यथेस्ट ध्यान दिईने छ । जहाँ कलेज तथा हस्पिटल, तारे होटल, सपिङ मल उपलब्ध हुनेछन । महत्वपूर्ण कुरा चै ६० प्रतिशत हरियाली कायम गर्ने गरी ४० प्रतिशत क्षेत्रफलमा मात्र भबन निर्माण गरिने छ ।

यी सेवा सुबिधा उपलब्ध गराउन अनेकन बित्तीय उत्प्रेरणहरु उपलब्ध गराइने छ । इन्ट्रीग्रेटेट सेवासुबिधाका कारण बिश्व मुद्रा कोष, संयुक्त राष्ट्र संघ, आईएमएफ जस्ता संघ संस्थाहरले कार्यालय खोल्ने अपेक्षा गरिएका छ । निर्माणको अबसरमा रोजगारी पैदा हुनुको अवला आयोजना पुरा भएमा प्रत्यक्ष–अप्रत्क्ष्यरुपमा १० लाख मानिसले रोजगारी प्राप्त गर्ने अनुमान गरिएको छ । कुनै कुरामा सम्झौता नगरिएको उक्त स्मार्ट सिटी भारत कै बेन्चमार्क स्मार्ट सिटी बन्ने छ ।

त्यसो त नेपालमा फाइनान्स सिटीको कहिकतै जग समेत हाल्न सकिएको छैन । तथापि, के कुरा भुल्नु हुदैन भने चिसो हापानी रहेको, बिश्वभरका मानिस बसोवास गर्ने, अन्तर्राष्ट्रिय बिमानस्थल उपलब्ध रहेको र हुदै गरेको, सबै खाले बित्त, बाणिज्य, ब्यापारिकको केन्द्रबिन्दुको रुपमा रहेको काठमाडौं तथा फाइनान्स टेक सिटीकोरुपमा बिकास गर्न सकिने सम्भाबना छ । परन्तु तत् सम्बन्धमा खासै बहस नभएकाले नागरिक बहस तथा राज्यको ध्यान आकृष्ट हुनु आबश्यक छ ।

मो ९८५११९९५७७

Advertisement

Advertisement

Advertisement