राजदूत शेर्पालाई मानव तस्करीमा संलग्न रहेको आरोप लागेपछि काँग्रेसले छानविनको माग गर्यो

Advertisement

काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको विवादास्पद गतिविधिप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसले यस विषयमा चुप नबस्न सरकारसँग आग्रह गरेको छ ।

काँग्रेसले विज्ञप्ति जारी गरी राजदूत शेर्पा मानव तस्करीमा संलग्न रहेको सम्बन्धमा सरकार चुप लागेर बसेको भन्दै राजदूतकै सहयोगीले शेर्पा मानव तस्करीमा रहेको कुरा तथ्यसहित सार्वजनिक गरेको हप्ता दिन बित्दा समेत सरकारले गम्भीरतापूर्वक अनुसन्धान नथाल्नु र मौनता राख्नुलाई दुःखद भएको बताएको छ ।

कांग्रेसले घटनाबारे तत्कालै छानविन, छानविनका लागि तत्काल परराष्ट्र मन्त्रालयमा शेर्पालाई उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न समेत सरकारको ध्यानकर्षण गराएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि देशमा प्रतिनिधत्व गर्ने राजदूत व्यक्तिगत जागिर नभइ सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी हो। अतः राजदूतका बारेमा उठेको प्रश्नमाथि तत्कालै सत्य तथ्य निरुपण गर्ने कर्तव्य नेपाल सरकारको हो ।’

Advertisement

Advertisement

Advertisement