‘ए’ डिभिजन लिगः सरस्वतीलाई पराजीत गर्दै थ्री स्टार दोस्रो स्थानमा, शीर्ष स्थानमा मनाङ

‘ए’ डिभिजन लिगः सरस्वतीलाई पराजीत गर्दै थ्री स्टार दोस्रो स्थानमा शीर्ष स्थानमा मनाङ

काठमाडौं । उपाधि होडमा रहेको थ्री स्टार क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पाँचौं जित निकालेको छ ।

बुधबार हल्चोकस्थित शसस्त्र प्रहरी बलको खेल मैदानमा भएको छैटौं चरणको खेलमा थ्री स्टारले सरस्वती युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो । सरस्वति क्लबले लिएको शुरुआती अग्रतालाई उल्ट्याउँदै थ्रीस्टारले नजिता आफ्नो पक्षमा पारेको हो ।

nic-asia

थ्री स्टारको जितमा रञ्जित धिमाल र निराजन खड्काले एक एक गोल गरे । सरस्वतीका भिक्टरले एक गोल गरे ।

खेलको चौथो मिनेटमै पाएको पेनाल्टीमा भिक्टर आमोबीले गोल गर्दै सरस्वतीलाई शुरुआती अग्रता दिलाएका थिए । तर, खेलको १७औं मिनेटमा थ्री स्टारका रञ्जित धिमालले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ३६औं मिनेटमा निराजन खड्काले गोल गर्दै थ्री स्टारलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल थ्री स्टारले २–१ जित्यो । जितसँगै थ्री स्टारले लिगमा छ खेलबाट १५ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

थ्री स्टारले शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसँगको अङ्क दुरी तीनमा झार्न समेत सफल भएको छ । सरस्वती भने सात सात अङ्कका साथ आठौं स्थानमा छ ।