किर्तिपुरको नयाँ बजारमा ‘सिजी डिजिटल प्लाजा’ सञ्चालनमा

Advertisement

काठमाडौं । नेपालको पहिलो नम्बरको इलेक्ट्रोनिक्स ब्राण्डको रुपमा चिनिएको सिजीको किर्तिपुरमा पनि बिक्री केन्द्र स्थापना भएको छ । किर्तिपुर नयाँ बजारमा सञ्चालनमा ल्याइएको सिजी डिजिटल प्लाजाको बुधबार सिजी इलेक्ट्रोनिक्सका भाइस प्रेसिडेन्ट एससी साबुले उदघाटन गरे ।

सिजीका मल्टिब्राण्ड शोरुमहरु विस्तार गर्दै लैजाने क्रममा यो शाखा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । काठमाडौं उपत्यकाका जनघनत्व बढि रहेका क्षेत्रका ठाउँहरुलाई दृष्टिगत गरी विभिन्न ठाउँमा शोरुमहरु सञ्चानमा ल्याइएको र किर्तिपुरमा पनि शोरुम सञ्चालनको माग हुँदै आएअनुसार सिजी डिजिटल प्लाजा सञ्चालन गरिएको सिजी इलेक्ट्रोनिक्सका मार्केटिङ प्रमुख सञ्जय राजभण्डारीले बताए । उनले काठमाडौं बाहिर पनि यसलाई विस्तार गर्दै लगिने बताए ।

किर्तिपुर नयाँ बजारको शोरुममा सिजीसहित एलजी, टीसीएल, गोद्रेज, जस्ता विभिन्न ब्राण्डका सामानहरु पाउन सकिने छ ।

cg

Advertisement

Advertisement

Advertisement