निर्मला हत्या प्रकरणः एक शंकास्पद युवालाई पक्राउ गरेपछि आइजीपी सिआइबीमा पुगे

Advertisement

काठमाडौं । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछी हत्यामा संलग्न भएको आशंकामा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले एकजनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

काठमाडौंको महाराजगञ्जबाट पक्राउ परेका भनिएका ती युवाको परिचय प्रहरीले गोप्य राखे पनि उनको नाम भने प्रदीप रावल रहेको जनाइएको छ । निर्मलाको हत्यापछि काठमाडौंमा लुकेर बस्दै आएका भीमदत्त नगरपालिकाका १८ बर्षीय रावललाई सिआईबीले मंगलबार नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

उनलाई पक्राउ गरेपछि बुधवार साँझ प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल एक्कासी सिआइबी पुगेका थिए । यसबाट रहस्यमय बन्दै आएको निर्मला हत्या प्रकरण निष्कर्षमा पुग्ने हो की ? भन्ने आशा देखिन्छ ।

निर्मलाको घर नजिकै स्थायी घर भएका रावल लागु औषध सेवनकर्ता समेत रहेको र निर्मलाको हत्यापछि उनी गाउँमा नदेखिएको जनाइएको छ । प्रहरीले डिएनए परिक्षणका लागी रावतको ‘ब्लड स्याम्पल’ विधी विज्ञान प्रयोगशालामा पठाएको छ ।

निर्मला पन्तको चार महिनाअघि सात ११ गते बलात्कार गरी हत्या गरेको अवस्थामा भीमदत्त नगरपालिकाको उखुबारीमा लाख भेटिएको थियो ।

Advertisement

Advertisement

Advertisement