रोकिएन सुनको मूल्य बढ्नेक्रम

Advertisement

काठमाडौं । साताको पाँचौ दिन बिहिवार पनि सुनको मूल्य बढेको छ ।

बुधवार प्रतितोला ५८ हजार चार सयमा कारोबार भइरहेको सुनको मूल्य आज तीन सय रुपियाँले बढेर ५८ हजार सात सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५० हजार तीन सय २५ रुपियाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेर सात सय १५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १३ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement