मुद्धती खातामा ब्याजदर बढाउने बैंकहरुको प्रतिस्प्रर्धा, कुमारीले १३ प्रतिशत दिने

Advertisement

काठमाडौं ।  वाणिज्य बैंकहरु एकपछि अर्को गर्दै मुद्धती खातामा प्रदान गर्ने ब्याजदर बढाउने प्रतिस्प्रर्धामा उत्रिएका छन्। हिजो मात्रै  जनता बैंकले मुद्धति निक्षेपमा १२ प्रतिशत ब्याज दिने योजना ल्याएको थियो। जनता बैंकलाई टक्कर दिँदै कुमारी बैंकले पनि आज व्यक्तिगत मुद्धती खातामा १३ प्रतिशत ब्याजदर दिने भएको  छ ।

बैंकले एक सुचना जारि गर्दै  तीन वर्षसम्म अवधिको लागि १० हजार देखि जम्मा गर्न सकिने यस खातामा वार्षिक १३ प्रतिशत ब्याजदर मासिक रुपमा भुक्तानी हुने यस्तो खातामा बचत आह्वान गरेको छ ।

 बैंकको चालू आर्थिक वर्षको प्रथम त्रैमासमा नै कर्जा निक्षेप अनुपात ७९.९१ प्रतिशत, कोषको लागत ७.९१ प्रतिशत, र आधार ब्याजदर ११.०९ प्रतिशत रहेको छ ।  बैंकले साधारण बचत खाताको ब्याजदर पनि ७ प्रतिशत पुर्याएको छ ।

Advertisement

Advertisement

Advertisement