राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुमा १० अर्बको मुद्दती निक्षेप लगानी गर्ने (सूचनासहित)

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुमा १० अर्ब रुपियाँ मुद्दती निक्षेप लगानी गर्ने भएको छ । बैंकले आगामी पुस १ गतेदेखि अर्को वर्ष मंसिर ३० गतेसम्म तीन सय ६६ दिनका लागि मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो ।

यसका लागि त्रैमासिक रुपमा व्याज भुक्तान हुने गरी इजाजत प्राप्त वित्तिय संस्थाहरुलाई यही मंसिर २३ गते हपराह्न ३ बजेभित्र बैंकले जारी गरेको सबै शर्तहरु पालना गरि व्याजको दरभाउसहितको शिलबन्दी बोलपत्र पेश गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

बैंकले ‘क’ वर्गका वित्तिय संस्थाहरुलाई आठ अर्ब १२ करोढ ६९ लाख रुपियाँ र ‘ख’ वर्गका वित्तिय संस्थाहरुलाई एक अर्ब ५२ करोड ३५ लाख रुपियाँ लगानी गर्ने भएको छ । त्यस्तै, बैंकले ‘ग’ वर्गका वित्तिय संस्थाहरुलाई ५० करोड ७९ लाख रुपियाँ गरी कूल १० अर्ब १५ कारेड ८६ लाख रुपियाँ लगानी गर्ने भएको हो ।



Advertisement

Advertisement

Advertisement