नेप्सेः घट्दा दोहोरो अंकले, बढ्दा एकल अंकले

Advertisement

काठमाडौं । बुधबार भारी अंकले घटेको सेयर बजार परिसुचक नेप्सेमा बिहीबार सामान्य सुधार भएको छ । हिजो २२ अंकले घटेको नेप्से आज दुई दशमलव ७० अंकले बढेर एक हजार १२१ कायम भएको छ । बैंकहरुले निक्षेपमा ब्याददर बढाउन थालेपछि बुधबार नेप्सेमा भारी गिरावट भएको थियो ।

आज ३७ करोड रुपियाँको सेयर कारोबार हुँदा एनएमबि बैंकको सबैभन्दा बढि चार करोड ४६ लाख रुपियाँको सेयर किनबेच भएको छ । समूहगत कारोबारतर्फ उत्पालनमूलक समूहको उपसुचकमा सामान्य गिरावट भए पनि बाँकी समूहका उपसुचकहरुमा भने सुधार भएको छ ।

आज धेरै नाफा गर्नेमा आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् ।

Advertisement

Advertisement

Advertisement