केटाकेटीमा औँला चुस्ने व्यक्ति कतिको स्वस्थ?

baby

एजेन्सी । साना केटाकेटीहरु प्रायः औँला चुस्ने वा नङ टोक्ने गरिरहन्छन्। जन्मिनुभन्दा पहिले गर्भमै पनि तिनीहरु औँला चुसिरहेको अल्ट्रासाउन्ड रिपोर्टहरुमा देख्न सकिन्छ।

तर, केटाकेटी हुर्किसक्दा पनि जब औँला चुसिरहन्छन्, तब बाबुआमा बच्चाको स्वास्थ्यलाई लिएर चिन्तित हुने गर्दछन्। कीटाणुबाट केटाकेटीलाई बचाउन औँला चुस्न दिन नहुने मान्यता रहिआएको छ। तर, एउटा नयाँ अध्ययनमा भने पाँच देखि ११ वर्षबीचका औँला चुस्ने बच्चाहरुमा पछि गएर कम एलर्जी हुने गरेको देखिएको छ। न्युजिल्यान्डमा गरिएको सो अध्ययनको रिपोर्ट ‘पेडियाट्रिक्स जर्नल’मा प्रकाशित छ।

nic-asia

न्युजिल्यान्डको डनिडिनमा सन् १९७२/७३ मा जन्मिएका एक हजार ३७ बच्चाहरुमा सो अध्ययन गरिएको थियो। उनीहरुमध्ये केटाकेटीमा औँला चुस्ने तथा नङ टोक्ने बानी भएका र नभएका बच्चाहरुको १३ र ३२ वर्षको उमेरमा छालाको एलर्जी परीक्षण गरिएको थियो। उनीहरु अहिले ३८ वर्ष पुगेका छन् र स्पष्ट रुपमा औँला चुस्ने प्रवृत्ति भएका बच्चाहरुमा कम एलर्जी देखिएको हो।