निर्मला पन्तलाई आफूले हत्या गरेको प्रदीप रावलले स्वीकार गरे

Advertisement

काठमाडौं । विगत चार महिनादेखि राष्ट्रिय मुद्दा बनेको कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्यामा उनकै छिमेकी प्रदीप रावलले आफ्नो संलग्नता स्वीकार गरेको समाचार बाहिर आएको छ ।

अन्नपूर्ण डटकमले प्रहरीको केन्द्रीय अनुसनधान ब्यूरो (सिआइबी)को स्रोतलाई हवाला दिँदै प्रकाशित गरको समाचार अनुसार रावलले आफ्नो घट्ना स्वीकार गरेका हुन् । बुधबारदेखि प्रहरी महानिरीक्षक (आइजीपी) आफैसमेत संलग्न भई उनको लामो बयान लिएपछि रावलले आफ्नो संलग्नता स्वीकार गरेको सीआइबी स्रोतले जनाएको छ ।

केही दिनअघि पक्राउ परेका रावलले सीआईबीसँग हत्या स्वीकार गरेको भनिए पनि उनको डीएनए परीक्षण आउन अझै बाँकी नै छ । साथै, १८ बर्षीय रावलको संलग्नता रहेको घटना प्रहरी प्रशासनको यति ठूलो संलग्नता हुँदा किन चार महिनासम्म पत्ता लाग्न सकेन भन्ने गम्भीर प्रश्न पनि कायमै छ ।

रावलको गएराति २ बजेसम्म बसेर आइजीपीले नै रावलको बयान लिएका थिए । त्यसपछि बिहीबार बिहानदेखि सीआइबी टोलीले उनको थप बयान लिएको थियो । बयानका क्रममा रावलले आफूले पन्तको हत्या गरेको स्वीकार गरेको जनाइएको छ ।

रावलले गए राति नै घटना आफूले गराएको स्वीकार गरे पनि थप संलग्नताको अनुसन्धानका लागि आज पनि बयान लिइएको जनाइएको छ । प्रहरीले रावलको डीएनए पनि परीक्षणका लागि प्रयोगशालामा पठाएको छ । यसको रिपोर्ट भने शुक्रबार मात्र आउने जनाइएको छ ।

निर्मलाको न्यायका लागि देशभर प्रदर्शन चर्किएपछि सरकार नैतिक संकटमा परेको थियो । रावलसँगको बयानपछि कञ्चनपुरबाट थप केही व्यक्तिलाई पक्राउ गरिएको जनाइएको छ।

Advertisement

Advertisement

Advertisement