जनता बैंकले अजोड इन्स्योरेन्सको बीमा पोलिसी बिक्री गर्ने

Advertisement

काठमाडौं । अजोड इन्स्योरेन्स र जनता बैंकबीच बिहीबार बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुरामकुवंर क्षेत्री तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कायर्कारी अधिकृत कुमारवहादुर खत्रीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्सका बजार विभाग प्रमुख लक्ष्मण पराजुलीेले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement