मुद्रा र पुँजी बजारको समस्या अध्ययन गर्न सरकारले गठन गर्यो समिति

Advertisement

काठमाडौं । मौद्रिक क्षेत्रका साथै पुँजी बजारमा देखिएको समस्या अध्ययन गर्न भन्दै अर्थ मन्त्रालयले डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ ।

मन्त्रालयले मुद्रा तथा पुँजी बजारमा देखिएको प्रवृत्तिहरुको अध्ययन गरी वित्तीय स्थायित्व कायम गर्न समिति गठन गरिएको जनाएको छ । समितिले सात दिनभित्र सुझाव पेश गर्नुपर्नेछ । समितिमा धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, सेयर लगानीकर्ता संघका प्रतिनिधि, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र क्षेत्र सहसचिव सदस्य छन् ।

Advertisement

Advertisement

Advertisement