सन नेपाल लाइफको बीमा जागरण कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत मंगलबार टिकापुरको लम्कीस्थित भूरीगाँउ र कोहलपुरमा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सञ्चालन गरेको छ ।

उक्त कार्यक्रम कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

बाक्लो स्थानिय जनसमुदायको सहभागीता रहेको उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पारेको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement