सान्जेनको सेयर निष्काशन गर्न सनराइज क्यापिटल सहनिस्काशनकर्ता नियुक्त

काठमाडौं  । सान्जेन जलविद्युत् कम्पनीको सर्वसाधारण तथा आयोजना प्रभावित रसुवाका बासिन्दाका लागि शेयर बिक्री गर्न सनराइज क्यापिटल र एनएमबि एक्यापिटल सह–निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति भएका छन् ।

बिहीबार नागरिक लगानी कोषमा भएको सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सनराइज क्यापिटल प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठ तथा एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरे ।

nic-asia

दोश्रो चरण अन्तर्गत सर्वसाधारणहरुको लागि छुट्टयाईएको ५४ लाख ७५ हजार कित्ता शेयर र आयोजना प्रभावित रसुवाका बासिन्दाहरुको लागि छुट्टयाईएको ३६ लाख ५० हजार कित्ता शेयर गरी जम्मा ९१ लाख २५ हजार कित्ता शेयर निष्काशनका लागि सनराइज क्यापिटल र एनएमबि क्यापिटललाई कोषको जिम्मेवारीमा सह–निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा उनीहरुलाई सामेल गराउने सम्झौता गरिएको कोषले जनाएको छ ।