चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डमा थप छवटा आकासे पुल बनाइँदै

aakase-pool-ring-road-overhead-bridge

काठमाडौं । चक्रपथको कलंकी–कोटेश्वर सडक खण्डको काम अन्तिम चरणमा पुगेको छ । चीन सरकारको सहयोगमा संचालित उक्त सडक खण्डको सुधारको काम पनि अन्तिम चरणमा पुगेको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ ।

सो खण्डमा जेब्रा क्रस नभएको, आकाशे पुल नभएकोले पैदल यात्रीले जोखिमपूर्ण यात्रा गर्नु परेको भन्दै गुनासो आएपछि सुधारका कामलाई तीव्रता दिइएको छ ।

united

योजनाले कोटेश्वरदेखि कलंकी खण्डको विभिन्न भागमा आकाशे पुल निर्माणलाई प्राथमिकता दिँदै काम अगाडि बढाएको छ ।

चीन सरकारले बनाई रहेको सो योजना अन्तर्गत कोटेश्वर, बि एण्ड बि ओरालो र धोबिघाट गरी तीन ठाउँमा आकाशे पुल बनाईसकेको छ भने बाँकी खण्डमा आकाशे पुल नभका कारण पैदल यात्री जोखिम मोल्दै सडक काट्न बाध्य बाध्य भएका छन ।

सो योजनाले बाँकी खण्डमा आकाशे पुलकालागि आफ्नो योजनामा नरहेको बताएपछि नेपाल सरकारले आवश्यकता पहिचान गरी ६ स्थानमा पुल निर्माणको कामलाई तीब्रता दिएको छ ।

सरकारले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खु गरी ६ स्थानमा आकाशेपुल निर्माणको कामलाई तीव्रता दिएको छ ।

योजनाका इन्जिनियर निरन्जन शर्माले चक्रपथमा पैदलयात्रीले बाटो काट्ने मुख्य चोकहरुमा आकाशे पुल निर्माण गर्न लागिएको बताए ।

‘मुख्य चोक त्यसमा पनि पैदल यात्रीको अत्याधिक चाप हुने ठाउँमा हामीले आकाशे पुल बनाउन लागेका हौँ ।,’ उनले भने ।

योजनाले सडक विभाग अन्तर्गत रहेर आकाशेपुल निर्माणको काम गरिरहेको शर्माले बताए ।

बालकुमारी,सातदोबाटो, सानेपा र एकान्तकुनामा फाउण्डेशनको काम सम्पन्न भएर पिलरको काम भैरहेको उनले बताए ।

त्यस्तै बाँकी स्थानमा भने फाउण्डेशनको काम भैरहेको छ । बालकुमारी, सातदोबाटो र एकान्तकुनामा अवाले विल्डर्स जेभीले आकाशे पुलको काम गर्ने ठेक्का पाएको छ भने महालक्ष्मीस्थान, बल्खु र सानेपा पूर्णचण्डी ड्रामा जेभीले निर्माणको जिम्मेवारी पाएर काम शुरु गरेको छ ।

सो सडक गएको पाँच वर्षदेखि चीन सरकारले विस्तार गरिरहेको छ । पछिल्लो थप म्याद अनुसार चीन सरकारले डिसेम्बर २०१८ सम्म सम्पूर्ण विस्तारको काम सम्पन्न गर्ने सम्झौता भएको हो ।

आजको नेपाल समाचारपत्र दैनिकबाट ।