सुनको मूल्य घट्यो

Advertisement

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रवार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार प्रतितोला ५८ हजार सात सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुइ सय रुपियाँले घटेर आज ५८ हजार पाँच सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ५० हजार एक सय ५५ रुपियाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य स्थिर रहेर सात सय १५ रुपियाँमा कारोबार भइरहेको छ । महासंले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १३ रुपियाँ कायम गरको छ ।

Advertisement

Advertisement

Advertisement