सिटिजन्स बैंकबाट गैर सरकारी संस्थालाई आर्थिक सहयोग

Advertisement

काठमाडौं।  सिटिजन्स बैंकले  प्रारम्भ नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले रू एक लाखको चेक संस्थाका संचालक कल्पना  क्षेत्रीलाई हस्तान्तरण गरिन् । उक्त रकमबाट काभ्रेको भकुन्डेबेसीमा स्वास्थ्य शिविर संचालन गरिएको छ ।

गाउँगाउँमा शिविरको आयोजना गरी रोगको उपचार मात्र नभएर रोगको रोकथाम गर्ने उद्देश्य अनुरुप शिविरको आयोजना गरिएको हो ।

साथै बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट झन्डै साढे तीन लाख ग्राहलाई सेवा दिँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement