गुन्डा नाइके लिम्बूमाथि प्रहरीको गोलि प्रहार

Advertisement

काठमाडौं । चर्चित डाँका तथा गुन्डा नाइके राजन लिम्बूमाथि गोली प्रहार भएको छ । महानगरीय अपराध महाशाखाको टोलीको अनुसन्धानको क्रममा भाग्न खोज्दा काठमाडौंको कालो पुलमा डाँका लिम्बूमाथि गोलि चलाएको हो ।

लिम्बुसँग हतियार भएको सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिन खोज्दा गोली हानाहान भएको प्रहरीले दाबी गरेको छ ।

गोली लागि घाइते भएका लिम्बूलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ । उनको खुट्टामा गोली लागेको छगोली लागि घाइते भएका लिम्बूलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ । उनको खुट्टामा गोली लागेको छ ।

लिम्बुको साथबाट चार राउण्ड गोली र एउटा पेस्तोल बरामद भएको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ ।

लामो समयदेखि प्रहरीको खोजीको सूचीमा रहेका लिम्बू दर्जबढी लुटपाट र डकैतीका घटनामा संलग्न रहेको महाशाखाले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement