सिटीसी मोबाइल मेला सुरु, ल्यापटप तथा ग्याजेटहरु किस्ताबन्दीमा किन्न पाइने

Advertisement

काठमाडौं । सुन्धारामा रहेको सिटीसी मलमा मंसिर २० गतेदेखि जारी सिटीसी मेबाइल मेलामा ग्राहकहरुको भिड लागेको छ । ल्यापटप, क्यामेरा एप्पलका ग्याजेट्स सुपथ मूल्यमा किस्ताबन्दीमा पाइने भएपछि ग्राहकहरुको भिड बढेको हो ।

ग्याजेट पारखीहरुले एक्सचेञ्ज मेलामा आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका उत्पादन किस्ताबन्दीमा किन्न पाउने मेला आयोजक सिटीसी हबले जनाएको छ । त्यस्तै, मोबाईल एक्सचेञ्ज अफरका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाउने अफरले पनि मेलाको आकर्षण बढाएको छ ।

नौ हजार नौ सय ९९ रुपियाँदेखि दुई लाख ३४ हजार रुपियाँसम्मका मोबाइल किन्न सकिने मोबाइल मेलामा ११ हजार रुपियाँदेखि तीन लाख १५ हजार रुपियाँसम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान किन्न सकिन्छ ।

‘मेलामा जस्तो सुकै पुरानो मोबाईलको पनि उचित मूल्यमा पाउनुका साथै सट्टा पट्टा पनि गर्न सकिन्छ ।’ सिटीसी मोबाईल हबका प्रबन्धक जीबन श्रेष्ठले भने, ‘मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप, क्यामेरा, र म्याक किस्ताबन्दीमा किन्न सकिन्छ ।’

मेलामा एक घण्टामा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि उपलब्ध छ । निशुल्क पार्किगंको व्यवस्था गरेको मोबाइल हबले अवलोकनकर्तालाई लक्की ड्रबाट आकर्षक उपहार बितरण गर्ने जनाएको छ ।

मेलामा राखिएको गल्फमा तीन स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाउने छन् भने चार स्कोर गर्नेले आफुले खरिद गरेको अर्को एउटा सामान सित्तैंमा पाउने छन् । मंसिर २० गते बिहीबारदेखि सुरु भएको मेला १५ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

मेलामा सामसङ, ब्ल्याकबेरी, ओप्पो, भिभो, वान प्लस ,नोकिया ,कलर्स, एम आई, सोनी, एप्पल, कुलप्याड, लेनोभो, हुवाई ब्राण्डका मोबाइलका साथै एचपी, लेनोभो, एम आई , डेल र एप्पलका ल्यापटप, म्याकबुक आईप्यडलगायतका ग्याजेटहरु मुख्य आकर्षण रहेको आयोजकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement