एनआरएनएको एसिया प्यासिफिक छैठौं सम्मेलन हङकङमा हुँदै

एनआएनएको एसिया प्यासिफिक छैठौं सम्मेलन हङकङमा हुँदै

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले एसियाली मुलुकमा रहेका गैरआवासीय नेपालीहरुको सहभागितामा नेपालमा लगानी प्रवद्र्धन गर्न यही डिसेम्बर ८ र ९ (मंसिर २२ र २३ गते) हङकङमा एसिया प्यासिफिकको छैठौ“ क्षेत्रीय सम्मेलन तथा प्रथम महिला सम्मेलन आयोजना गर्ने भएको छ ।

सम्मेलनको सबै तयारी पुरा भएको संघले जनाएको छ । सम्मेलनले ‘सम्मृद्ध नेपालका लागि लगानी र रोजगार, दायित्वसहित गैरआवासीय नेपाललीलाई अधिकार’ भन्ने मुल नारामा आधारित भई सम्मेलन गर्ने भएको हो ।

nic-asia

सम्मेलनमा नेपालमा लगानी प्रवद्र्धको विषयमा गहन छलफल गरिने संघले जनाएको छ । ठूला–ठूला आयोजना एवं व्यावसायको लगानीभन्दा पनि साना तथा मझौला व्यावसायको लागानी र त्यसमा देखिएका नीतिगत समस्या र सम्भावनाहरुको षिेश छलफल हुने संघले जनाएको छ ।

यस्तै, सम्मेलनमा एसियाली मुलुकका श्रम बजारमा नेपाली श्रमको प्रयोगमा रहेका समस्या पहिचान गर्दै समाधानका लागि पनि छलफल गरिने भएको छ । साथै क्षेत्रीय सम्मेलनस“गै प्रथम महिला सम्मेलन पनि हुने भएकाले एसियाली क्षेत्रमा बस्ने नेपाली महिलाका विषयमा पनि गहन छलफल गरिने संघले जनाएको छ । विशेषतः महिलामाथिको हिंसा, यौन दुव्यवहार लगायतका विषयलाई प्रमुख एजेन्डा बनाई, त्यसका लागि एनआरएनको भुमिका कस्तो रहनुपर्ला भन्ने बारेमा छलफल गरि त्यसको निष्कर्षको आधारमा सरकारको ध्यानाकर्षण गराउने संघको तयारी रहेको छ ।

हङकङमा हुने सम्मेलनको लागि नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालज्यू प्रमुख अतिथिको रुपमा सहभागीता जनाउने भएका छन् । त्यसैगरी, सम्मेलनमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल, उद्यमी एवं व्यवसायी राजेन्द्र खेतान आदिको पनि उपस्थिती रहनेछ ।

गैरआवासीय नेपालीहरुले व्यक्तिगत तथा सामूहिक रुपमा नेपालका विभिन्न क्षेत्रहरुमा लगानी गरिरहेका छन् । यसले नेपालको विकासमा केही सहयोग पनि पुगेको छ । यसर्थ पनि यो सम्मेलन राष्ट्र निर्माण र लगानी प्रवद्र्धनमा कोसेढुङ्गा हुनेमा संघले जनाएको छ । सम्मेलनमा सहभागी भएर सूचना प्रवाहमा आवश्यक सहयोग गरेर सम्मेलन सफल बनाउन संचारकर्मी लगायत सम्बन्धित सबैमा संघ हार्दिक अनुरोध समेत गर्दछ ।