मानव तस्करीको आरोप लागेकी राजदूत लक्की शेर्पालाई मन्त्रालयले फिर्ता बोलायो

Advertisement

काठमाडौं । मानव तस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले स्वदेश फिर्ता बोलाएाको छ । उनीलाई सोधपुछका लागि मन्त्रालयले काठमडौं बोलाएको हो ।

छोटो समयमा कुटनीतिक मर्यादाभित्र शान र मान कमाउन सफल भनिएकी राजदूत शेर्पामाथि आफ्नै कामदारले पैसा लिएर अष्ट्रेलिया लगेको भन्दै सञ्चार माध्यममा सार्वजनीक अभिव्यक्ति दिएपछि उनको आरेपमाथि सत्यतथ्य बुझ्न काठमाडौं बोलाइएको परराष्ट्र मन्त्रालय स्रोत ले जानकारी दिएको छ ।

उनको आफ्नै गाडी चालक वाड्चु शेर्पाले आफूसँग पैसा लिएर अष्ट्रेलिया लगेको खुलासा गरेका छन् । मोटो रकम असुली गरी कामदारका रुपमा आफूलाई अष्ट्रेलिया ल्याएको र श्रीमतीलाई समेत यता ल्याउन थप पैसा मागेको उनका पूर्वचालक वाड्चु शेर्पाले सार्वजनीक रुपमा आरोप लगाउँदै आएका छन् ।

क्यान्सरका काराण आमा गुमाउनु परेको र अहिले श्रीमतीलाई समेत जेल हालेर मार्न खोजेपछि आफू बाध्य भएर म्ििडयामा सार्वजनीक हुनु परेको उनले बताउँदै आएका छन् ।

उता राजदूतावासले भने निकै बदमास रहेका वाड्चुक शेर्पा र उनकी श्रीमती मिलेर बहुमुल्य गरगहना चोरेर भागेको र यहाँ स्थायी बसोबासका लागि विभिन्न बहाना बनाउँदै झुठा आरोप लगाएको बताएको छ । यद्यपी साजदूतावासले कसको गहना चोरिएको हो भन्ने खुलाएको छैन ।

बिभीन्न सञ्चारमाध्यममा राजदूतका विषयमा आरोप आउन थालेपछि मन्त्रालयले राजदूत शेर्पालाई काठमाडौं बोलाएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।

उनले विभिन्न मिडियामा आएका विषयमा सत्यतथ्य बुझ्न उनलाई काठमाडौं बोलाएको प्रष्ट पारे

मन्त्री ज्ञवालीले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको आरोपका विषयमा स्वयम् राजदूतसँगै कुरा गरेर सत्य तथ्य पत्ता लगाउने र उनीमाथि लागेको आरोपका विषयमा समेत जानकारी मागीने बताए ।

यसैबीच राजदूत शेरेपाले आफू काठमाडौं जान लागेको बताएकी छिन् ।

मिडियामा एकोहोरो आरोप मात्र आउन थालेपछि यस विषयमा मन्त्रालयलाई जानकारी दिन आफू स्वयम् नेपाल उपस्थित हुन लागेको उनले जानकारी दिइन् ।

Advertisement

Advertisement

Advertisement