इपीएल उद्घाटन खेलमा विराटनगरको रोमाञ्चक जित, ललितपुर ३ विकेटले पराजित

Advertisement

काठमाडौं । शनिबारदेखि यस सिजनका लागि सुरु भएको एभरेष्ट प्रिमियर लिग (इपीएल)को पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन विराटनगर वारियर्सले रोमाञ्चक जित हात पारेको छ । शनिबार टियु क्रिकेट मैदानमा सम्पन्न उद्घाटन खेलमा विराटनगरले ललितपुर प्याट्रियट्सलाई तीन विकेटले पराजित गरेको हो ।

टस जिती पहिले व्याटिङ गरेको ललितपुरले दिएको १ सय ५ रनको सामान्य लक्ष्य विराटनगरले खेल सकिन एक बल अघि ३ विकेट गुमायर पुरा गरेको हो । विराटनगरको जितमा करन केसीले महत्वपूर्ण पारी खेले ।

करनले आफ्नो टोलि कठिन अवस्थामा रहेको बखत उत्कृष्ट ब्याटिङ गर्दै टोलिलाई पहिलो र महत्वपूर्ण जित दिलाए । करणले अविजित रहँदै १९ बलमा ३६ रन प्रहार गरे । आफ्नो इनिङमा उनले एक चौका र ३ छक्का प्रहार गरे ।

Advertisement

Advertisement

Advertisement