‘मिस वर्ल्ड २०१८’को फाइनल प्रतिस्पर्धा आज, श्रृंखलाको सम्भावना कस्तो ?

Advertisement

काठमाडौं । चीनको सान्या शहरमा जारी ‘मिस वर्ल्ड २०१८’को अन्तिम प्रतियोगिता (फाइनल) शनिबार बेलुकी हुँदै छ । यस प्रतियोगितामा ३० जना प्रतिस्पर्धिहरु मध्येबाट १२ प्रतियोगी अर्को चरणमा जनन्छन् । लगत्तै भइहाल्ने दोस्रो प्रतिस्पर्धाबाट अघि छानिएका १२ जना मध्येबाट पाँच जना उत्कृष्ट प्रतियोगी छनोट हुन्छन् ।

यिनै पाँचजना मध्येबाट एक जना प्रतियोगी मिस वर्ल्ड २०१८ बन्ने छिन् ।

चीनको सान्यामा भइरहेको मिस वल्ड प्रतियोगितामा श्रृंखला खतिवडाले दुई विधागत अवार्ड जितेकी छिन् । सोमबार साँझ भएको घोषणामा श्रृंखलाले ‘मल्टिमिडिया’ अवार्ड र ‘व्युटी विद पर्पज’ जितेकी हुन् ।

मिस वर्ल्डको टप ३० मा पर्नका लागि महत्वपूर्ण मानिने फस्टट्रयाक इभेन्टअन्तर्गत उनले सात मध्ये दुई अवार्ड जितेकी हुन् । यसअघि आइतबार भएको हेड टू हेड प्रतिस्पर्धामा भने सिंगापूरे सुन्दरी विरुद्धको प्रतिस्पर्धामा पराजित भएकी थिइन् ।



मिस वर्ल्डमा धेरै नै महत्वका साथ हेरिने ब्युटी विद पर्पजमा शृंखलाले बनाएको भिडियो २५ प्रतिस्पर्धीलाई उछिन्दै पहिलो भएको हो । विश्वभरका १ सय १८ देशका सुन्दरीले मिस वर्ल्डमा भिडियो लिएर गएका थिए । आयोजकले १ सय १८ मध्येबाट २५ भिडियो सर्टलिस्ट गरेका थिए । यसरी छानिएका २५ मध्ये शृंखलाले बनाएको भिडियो उत्कृष्ट भएको हो ।

शृंखलाले मकवानपुरको चेपाङ बस्तीमा स्वास्थ्य चौकीको आवश्यकता र स्वास्थ्य चौकीले त्यो समुदायमा आएको परिवर्तनलाई भिडियोमा कैद गरेकी थिइन् । सिसन बानियाँले शृंखलालाई भिडियो निर्माणमा सघाएका थिए ।

सोमबार साँझ नै मल्टिमिडिया अवार्डको पनि घोषणा भएको थियो । नेपालकी शृंखलालाई यो विधामा भने सुरुदेखि नै दाबेदार मानिँदै आएको थियो । सामाजिक सञ्जालमा उपस्थिति, फलोअरको इंगजमेन्ट, क्रिएटिभ कन्टेन्ट र प्रभाव आदिलाई ध्यानमा राखी दिइने अवार्डमा शृंखलाले बाँकी प्रतिस्पर्धीलाई निकै पछाडि छाडेकी थिइन् ।



शृंखलाले फेसबुक, इन्स्टाग्राम, मोबस्टार, ट्वीटर, मोडल पावरलाइभ आदि सबै माध्यममा दमदार उपस्थिति जनाएकी थिइन् ।

सामाजिक सञ्जालबाहेक प्रतियोगीले मिस वर्ल्डको आफ्नो यात्रालाई प्रस्तुत गर्ने शैली पनि निर्णयको आधारको रूपमा अगाडि सारिएको थियो । योसँगै सान्याका मनोरम दृश्यको प्रचारप्रसार र ब्युटी विद पर्पजको प्रचार पनि मल्टिमिडिया अवार्डको मूल्यांकनका आधार थिए ।



शृंखला सबै मापदण्डमा उत्कृष्ट अंक ल्याउँदै मल्टिमिडिया अवार्डको हकदार बनेकी थिइन् । यसै गरी सान्याको पर्यटन प्रवद्र्धनका लागि बनाउनुपर्ने भिडियोमा शृंखलाले तेस्रो स्थान हासिल गरेकी थिइन् । यो विधामा पहिलो स्थान केन्या र दोस्रो स्थान चीनले पाएको थियो ।

प्युरिटो रिको र इंग्ल्यान्ड क्रमशः चौथो र पाँचौं भएका थिए । शृंखला विजेता बनेको मल्टिमिडिया अवार्डमा भने दोस्रो स्थान मेक्सिकोले कब्जा गरेको थियो भने तेस्रो स्थान केन्याले जितेको थियो । दुई विधाका अवार्ड जितेसँगै शृंखला मिस वल्र्डको फाइनलमा प्रवेश गरेकी थिइन् ।

Advertisement

Advertisement

Advertisement